सरला रेग्मी,
पाँचथर । मनसुन शुरुभएको छैन । तर राँके रबि भेडेटार सडक हिड्न नसक्ने गरि बिजोक भएको छ । इलाम पाँचथरको सिमा राँके बजार देखि मिक्लाजुङको केन्द्र रबि हुँदै, सुनसरी र धनकुटाको सिमा भेडेटार निस्किने बाटो हो यो । यो बाटो खुलेसँगै थुपैमा आशा जागेको थियो । तत्कालिन प्रधानमन्त्री केपि शर्मा ओलिले शिलान्यास गरेका हुन् । राष्ट्रिय गौरवको सडक बन्ने करिब करिब निस्चित नै भएको थियो ।
मेची र कोशी राजमार्ग जोड्ने यो सडकको विसं २०७५ पुस २० गते प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए । एक सय एक किलोमिटर लामो यो सडक निर्माण भैसक्नु पर्ने हो । तर निर्माण कार्यमा उल्लेख्य प्रगति भएको देखिदैन । पाँचथर, इलाम, धनकुटाका विभिन्न गाँउहरू हुँदै विभिन्न ग्रामीण क्षेत्रलाई समेत जोड्ने यो सडक बर्षापुर्व नै सडक हिलाम्मे भएको छ । गाडी कुद्न कठिन हुँदा सो क्षेत्रका बासिन्दाले सास्ती व्यहोर्नु परेको छ। पिकअप, जिप, एम्बुलेन्स, मोटरसाईलनै कुद्न सक्ने अवस्था छैन्।
मनसुन शुरुहुनुपुर्व नै यो सडकको हाल बेहाल छ । स्थानीयलाई दैनिक क्रियाकलाप गर्न नै कठिन छ भने बालवालिका लाई बिध्यालय पठाउन समेत सास्ती भएको गुनासो स्थानियको छ ।
यो कालोपत्रे गर्ने कामको ठेक्का भारतीय कम्पनीले लिएको हो । भारतीय कम्पनीले समयमा काम नगर्दा समस्या भएको हो । एक्जीन बैक अफ इण्डीयाको ऋण सहयोगमा कालोपत्रेको काम अघि बढाइएको थियो । तर हेर्दा लाग्छ यहाँ काम नै शुरु भएको छैन । तत्कालिन भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले राँके–रवि–भेडेटार सडक निर्माण कार्यलाई गति दिन पटक पटक निरिक्षण र निर्देशन नदिएको पनि होइन तर यातायात मन्त्री कै जिल्लामा सडकको काम बिल्लिबाठ हुनु लज्जाको बिषय हो । नेम्वाङ मन्त्री हँुदा समयमै ठोस प्रगति गर्न लगाउने अन्तरक्रिया पटक पटक भएको थियो । भाषण अनुसारको प्रगती नहुदा स्थानियले यो सडक बन्ने भन्ने बिश्वास गर्न छोडिसकेका छन् ।
मेची राजमार्गमा पर्ने पाँचथरको राँके बजारबाट पुरानो पन्चमी, घुर्विसे पन्चमी,देउराली, दशमी, रवि, लेखगाँउ, ६ नम्बर बुधवारे, डाँडाबजार, राजारानी हुदैँ भेडेटारसम्म जोडिने उत्त सडक राष्ट्रिय गौरवको बाटो हो । भारतिय कम्पनिले नबनाउदा यी बजारमा व्यवसाय गर्ने देखि दैनिकी गुजारा गर्नेलाई समेत सास्ती भएको छ । फाल्गुनन्द गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष बृजहाङ आङ्देम्बे भन्छन् ‘प्रदेश संघलाई गुहार गर्ने छौ र यो सडक तुरुन्त बनाउने छौ, यो बर्खामा आवतजावत गर्नकै लागि भएपनी गाउँपालिका आफैले बनाउने छ’।
२०७५ मंसिर ३ गते ठेकेदार कम्पनीसँग सम्झौता भएको थियो। २०७८ मंसिर १६ सम्ममा काम सक्ने गरी सम्झौता भएको थियो ।
पर्यटटिकय रुपमा प्रचुर सम्भावना भएका क्षेत्र भएकाले यो सडकलाई निक्कै महत्वका साथ लिइन्छ। ३ करोड २६ लाख १८ हजार ५ सय ४१ अमेरीकन डलरमा कालोपत्रेका लागी सम्झौता भएको थियो । यस तर्फ तिनैतह सरकारले ध्यान दिन जरुरी देखिन्छ ।