केन्जो खबर
फिदिम । नेपाल पत्रकार महासंघ पाँचथर शाखाको संयोजनमा आज जेठ २१ गते शनिवार फाल्गुनन्द गाउँपालिकाको जनप्रतिनिधिहरुसँग अन्तरक्रिया तथा सामुहिक रिर्पोटिङ कार्यक्रम सम्पन्न गरेको छ । पालिकामा शनिवार जिल्लाको पत्रकार टोलीले जनप्रतिनिधि र कर्मचारीसंग अन्तरक्रियात्मक कार्यक्रमगरेको हो । उक्त कार्यक्रममा उठेका सवालहरुलाई पालिका अध्यक्ष बृजहाङ आङ्देम्बे र पालिकाका प्रमुख प्रशासकिय अधिकृत निर्मल तुम्रोकले जवाफसहितको प्रतिवद्धता जानएका छन् ।
छलफलमा शिक्षा,स्वास्थ्य,कृषि,भौतिक पूर्वधार,खानेपानी सुशासन,संचार क्षेत्रलाई सामानुपातिक र समावेशी दृष्ठिकोण लागु गर्ने र यस पालिकाको सरोकारमा रहेको भेडेटार(रवि(राँके सडकको वर्तमान दयनिय अवस्था लगायतका विषयमा चर्चा गरिएको थियो । महासंघका जिल्ला अध्यक्ष गिरिराज बाँस्कोटाको अध्यक्षता तथा पालिका अध्यक्ष आङ्देम्बेको प्रमुख आतिथ्यमा जिल्लाका १९ जना सकृय पत्रकारहरुले उत्त कार्यक्रममा सहभागिता जनाएका थिए ।
फिदिमबाट बिहान ७ बजे निस्किएको पत्रकार टोलिले राँके भेडेटार सडक खण्डको स्थलगत सामुहिक रिपोर्टिङ गर्दै टोलि अघि बढेको थियो । नव निर्वाचित अध्यक्ष लगाएत फाल्गुनन्द गाउँपालिकाको कार्यलयमा पालिकाको अबको योजना, पत्रकार संगको सहकार्यका बिषयमा पनि छलफल भएको थियो ।
उत्त कार्यक्रममा बोल्दै फाल्गुनन्द गाउँपालिका अध्यक्ष बृजहाङ आङ्दम्बेले राँके भेडेटार सडकको स्तरउन्नतिको लागि संघीय सरकार, प्रदेश सरकारलाई पहल गर्ने र स्थानिय सरकारले आउदो बर्खामा सडकमा आवात जावत गर्नको लागि काम अघि बढाउने बताएका छन् । शाखाका अध्यक्ष गिरिराज बाँसकोटाले पालिका संचारमैन्त्री बनाउनका लागि नीति बनाउन आवश्यक रहेको बताएका थिए । कार्यक्रम संचालन शाखाका सदस्य युद्ध बहादुर बोहोराले गरेका हुन भने स्वागत मन्तव्य शाखा कोषाध्यक्ष सरोज शर्माले गरेका थिए ।
पालिका कार्यालय घुर्बिसे पञ्चमीमा अन्तरक्रियापछि सामुहिक रिपोर्टिङ गर्न उनीहरुको साथमा पालिका टोलि ऐतिहाँसिक धार्मिक पर्यटकिय स्थल सेहोनाम्लाङ (छालासुकुवा)डाँडामा पुगेका हुन् । उक्त क्षेत्र धार्मिक पर्यटकिय स्थलको सम्भावना रहेकोले डिपिआर गरी गुरू योजना शुरु गर्ने पालिका अध्यक्ष आङ्देम्बेले बताएका छन् ।
जिल्लामा सामुहिक रिपोर्टिंग भएको थिएन, पाँचथरशाखाले पहिलोपटक नै गरेको हो । नेपाल पत्रकार महासंघ शाखा पाँचथरले जिल्लाका पत्रकारको क्षमता अभिवृद्धिकोलागी तालिम आयोजाना गर्दै आएको थियो । यसैबिच जिल्लाका पत्रकारकै क्षमता बिकाशमा सामुहिक रिपोर्टिङले सहयोग पुर्याउने हेतुले शाखाले प्रयास गरेको शाखा अध्यक्ष गिरिराज बाँस्कोटाले बताएका छन् ।