फिदिम । फिदिममा माध्यमिक तह अध्ययन गरिरहेका विद्यार्थीहरुले महिला हिंसा, बलात्कार विरुद्धको र्यालि तथा नाटक प्रस्तुत गरेका छन् । एक बलत्कृत महिलालाई समाजले हेर्ने दृष्टिकोणलाई नाटकमा प्रस्तुत गरिएको थियो । बलात्कार तथा हिंसा खेपेकी महिलालाई समाजले कसरी बलकृत महिला नै दोषि हो भनेर देखाउछ र कानुनको सहयोग लिन जादा कानुनपनि पैसामा बिक्छ भन्ने नाटकमा देखाइएको थियो ।
नाटकमा देखाइएको संदेश र प्रस्तुतीमा दर्शकाका आँखा भरिएको थियो ।
आज दिउसो २ बजे शिवालय मन्दिर परिषद्बाट निस्किएको र्यालिमा फिदिम उच्च माबी, बिद्या बरदान बोडिङ स्कुल, मेची बोडिङ स्कुल र नया नमुना बोडिङ्कस कक्षा ९ र १० का ४० जना बिद्यार्थीले सहभागिता जनाएका थिए ।
बलत्कारीलाई फाँसी दे, स्टप वोइलेन्स, बलात्कार नहुनु भन्दा बलात्कार नगर्नु भन्ने शिख दे जस्ता नारा लिएर बलात्कार बिरुद्धको र्यालि निकालिएको थियो । बलत्कारपछी हत्या गरिएको निर्मला र पाँचथरमा बलात्कारको सिकार भएकी युवतिको तस्बिर राखेर फिदिम परिक्रमा गरिएको थियो ।
फिदिमको भानु चोकमा करिव ३० मिनेटको नाटकले हेर्ने दर्शकको आँखा रसाएका थिए । महिला हिंसा र बलत्कारको विरुद्धमा कोहि नबोल्ने र दबाउन खोज्ने प्रवृत्तिको लागि माध्यमिक तहका बिद्यार्थिको आवाज प्रस्तुत गरेको यस नाटककी लेखिका तथा प्रस्तोता समिक्षा न्यौपानेले बताएकी छन् ।