पाँचथर । लेखक, कवि तथा कलाकार उपेन्द्र सुब्बाले अभिनेत्री मिरुना मगरमाथि भएको दुर्व्यवहारको घटना र त्यसबाट सिर्जित परिस्थिति प्रति दुःख व्यक्त गरेका छन् । दुर्व्यवहार भोगेकी मिरुनामाथि गाली बर्सिरहेकोमा उनले आपत्ति जनाएका हुन् । उनले आफ्नो फेसबुक स्टाटसमा यो घटना बारे पटक पटक आफ्नो अभिव्यक्ति दिएका छन् ।
उनले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्, ‘पहिचानको पक्षमा बीस वर्ष यता निरन्तर लेख्दै बोल्दै आएको म एउटा सानो लेखक । तर मलाई पत्तै भएन हाम्रो समाज यती सङ्किर्ण र साम्प्रदायिक भइसकेछ । पहिचानको आन्दोलनले हामीबाट मेरो भन्ने भइसकेछौँ । मेरो जाति, मेरो भाषा,मेरो मान्छे ..यतिसम्म कि हाम्रो जति सबै राम्रो भन्ने भई सकेछौँ । होइन भने त जो जो ले मिरुना मगरलाई तथानाम गाली गर्दै हुनु हुन्छ, फुर्पा भाइको ठाउँमा अरू कोही बाहुन पुजारी कि त क्रिश्चियन पास्टर भएको भए पनि यसोरी नै गाली बेइज्जत गर्नु हुन्थ्यो होला ?म त आदिवासी हुनुमा गर्व गर्थेँ। तामाङ, गुरुङ, मगर, शेर्पा, राई, लिम्बु सब एकै हो सोच्थेँ । यस्तो कुरुप समाज बन्नमा मेरो पनि सानो हात छ । सरी नानी
यो स्टाटस लेखेको केहि समय पछी नायिका मिरुना र फुर्पा बिचको सहमति पछी कलाकार मिरुनालाई गालीगलौज गर्नेप्रति फेरी लेखक शुब्बाले मेरुनाको फोटो हाल्दै लेखेका छन् , ‘दुई पक्ष बीच मिलापत्र भइ सकेको अवस्था छ । दुबै पक्षले आरोप प्रत्यारोप नगर्ने भन्ने पनि छ । दोष कस्को थियो भन्ने कुरामा तर्क बितर्क नै नगरुंम।