संघुवासाभा।सडक निर्माणमा खटिएका दुईजना मजदुरको ढिस्कोले पुरिएर मृत्यु भएको छ । उनीहरु चैनपुर-गुफापोखरी सडक खण्डअन्तर्गत चैनपुर-१, स्थित नुनढाकीको बिहीबारे क्षेत्रमा सडक मर्मतमा कार्यरत थिए ।
बुधबार बिहान काम गरिरहेको ठाउँमा माथिबाट खसेको ढिस्कोले दुवैलाई पुरेको स्थानीयले बताए । स्थानीयका अनुसार मृत्यु हुनेहरुमा उदयपुर घर भएका ३५ वर्षीय हेम मगर र धरान घर भएका १९ वर्षीय रामकुमार राई रहेका छन् । ‘उनीहरु दुवैजना ग्याबिन वालको काम गर्ने मजदुर हुन् । काम गरिरहेको समयमा माथिबाट ढिस्को खसेर पुरिएका हुन् ।
स्थानीयका अनुसार घटना करिब ११ बजेतिरको हो । संचारकर्मी भिम देवानको वालबाट