काठमाडौं । तारा एयरको आइतबार भएको दुघर्टनामा परी मृत्यु भएका १० जनाको शव काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएको छ । आइतबार पोखरबाट जोमसोमका लागि उडेको तारा एयरको विमान मुस्ताङमा दुर्घटनामा परेको थियो ।
सोमबार बिहान मानापाथी पहाडको फेदीमा विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेपछि नेपाली सेनासहितको टोलीले शव संकलन गरी काठमाडौं ल्याएको हो । विमानमा २२ जना रहेकोमा २१ जनाको शव फेला परिसकेको छ । तर, पहिलो चरणमा पोखरा हुँदै १० वटा शव काठमाडौं ल्याइएको हो ।