बिर्तामोड । झापाको बिर्तामोडस्थित बसपार्क नजित रहेको एक होटलमा १४ वर्षकी बालिकालाई ललाईफकाई जवर्जस्ती करणी गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पाँचथरको याङवरक ३ ओयाम बस्ने २१ वर्षीय धनबहादुर गुरुङ रहेका छन् । शुक्रबार राति अन्दाजी राति ९ बजेको समयमा गुरुङले १४ वर्षीया ती बालिकालाई ललाईफकाई अर्जुनधारा ११ बसपार्कस्थित भ्याली होटलमा लगेर जवर्जस्ती करणी गरेका थिए ।
सो घटनाको जानकारी प्राप्त हुनासाथ शनिबार इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडको टोलीले गुरुङलाई पक्राउ गरेको हो । उनलाई नियन्त्रणमा लिई ईप्रका बिर्तामोडमा ल्याई अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी बसन्त पाठकले बताए ।
जवर्जस्ती करणी गरेको भनी पीडितका आफन्तले शनिबार साँझ ईप्रका बिर्तामोडमा जाहेरी दिएको पनि प्रवक्ता डिएसपी पाठकले जानकारी दिएका छन् ।