काठमाडौं । कोभिड -१९ महामारीबाट प्रभावित होटल तथा पर्यटन क्षेत्रलाई उकास्न सरकारले होटल व्यवसायहरूलाई आर्थिक वर्ष ०७९/८० को वार्षिक बजेटमा इजाजत र नवीकरण दस्तुर छुट दिने भएको छ ।
पर्यटनक्षेत्रको पुनरुत्थानका लागि प्रवाह हुने सौलियतपूर्ण कर्जालाई समेत निरन्तरता दिने सरकारले जनाएको छ ।