पाँचथर । तुम्बेवा गाउँपालिका वडा नं.३ मौवामा नव निर्वाचित जनप्रतिनिधीहरुले सोमबारबाट पदबहाली गरेका छन् ।
तुम्बेवा ३ मौवामा नवनिर्वाचित गाउँपालिका अध्यक्ष, उपाध्यक्ष सहित वडाध्यक्ष लगायत सदस्यहरुले सोमबार आयोजित एक कार्यक्रमका बिच पदबहाली गरेका हुन् ।
पदबहाली पछि बसेको बैठकले प्रमुख ३ वटा निर्णय गरेको छ ।
निर्णय नम्बर १ मा सुरक्षीत प्रसुतिको लागि नि:शुल्क एम्बुलेन्स सेवा ब्यवस्था गर्ने, निर्णय नम्बर २ मा सबै मृतक परिवारलाई काजकिरिया बापत रु, ५ हजार दिने र निर्णय नम्बर ३ मा ‘क’ बर्गका अपाङ्गता भएका ब्यक्ति गम्भीर बिरामी भएको अबस्थामा नि:शुल्क एम्बुलेन्स सेवाको ब्यवस्था गर्ने निर्णय गरेको नवनिर्वाचित पालिका अध्यक्ष बाबुराम खड्काले केन्जो खबरलाई बताएका छन् ।