धरान । धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (हर्क साम्पाङ) विजयी भएका छन्।
ठूला दललाई हराउँदै उनले विजयी हासिल गरेका हुन्। लौरो चुनाव चिह्न लिएर चुनावमा उठेका उनले २० हजार ८२१ मत प्राप्त गरे।
यस्तै, साम्पाङले नेपाली कांग्रेसका किशोर राईको भन्ला ५ हजार भन्दा धेरै मत ल्याएका हुन्। राईले १६ हजार ५९ मत प्राप्त गरे। त्यस्तै, उममेयरमा माओवादी केन्द्रका अइन्द्र विक्रम बेघा विजयी बने । उनले २० हजार ५१० मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पदम लिम्बुले १७ हजार ६०६ मत प्राप्त गरे ।