पाँचथर । हिलिहाङ गाउँपालिकामा कांग्रेस नेतृत्वमा रहेको गठबन्धनले अग्रता लिएको छ । हिलिहाङ गाउँपालिका १३ सय मत गणना हुदाँ अध्यक्षमा गठबन्धनका तर्फ कांग्रेसका समर बहादुर अधिकारी २ सय ८८ मतले अग्रता लिएका छन् ।
कांग्रेसका समर बहादुर अधिकारीले ७ सय ५० मत प्राप्त गर्दा एमालेका भुवानी प्रसाद लिङदेन ४ सय ६२ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा गठबन्धनका तर्फका नेकपा एसका भवानी प्र लिङदेनले ६५५ मत प्राप्त गरेका छन् । एमालेकी सुमित्रा सेढाईले ४४५ मत प्राप्त गरेकी छन् ।