केन्जो खबर,
पाँचथर । आकास अध्यारो देखिएको छ । फिदिमका व्यस्त सडक सुनसान देखिएको छ । बाहिर निस्किनेहरुले पनि छाताको प्रयोग गरेको देखिन्छ। पाँचथरका विभिन्न क्षेत्रमा हिजो साझ बाट मध्यम बर्षा भैरहेको छ । फिदिममा आइतबार दिउँसो देखि मौषममा परिवर्तन आएको थियो भने सोमबार राती देखि झरी परेको छ ।
झरिका कारण जनजिवन प्रभावित बनेको छ ।अत्यावश्यक काम बाहेक चहलपहल कम देखिएको छ । हाल नेपालमा स्थानिय वायु र भारतको उत्तरी प्रदेशदेखी पश्चिम बङालको समथर भु- भागसम्म बनेको न्यून चापिय प्रणाली तथा पश्चिमी वायुको प्रभाव रहेको छ ।
यहि प्रभावका कारण देशभरी नै अधिकान्स स्थानमा मौषम बद्लिए सङै पाँचथर जिल्लाका विभिन्न क्षेत्रमा पानि परेको हो । प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेश लगाएत बाकी प्रदेशका पहाडी भु- भागमा मेघ गर्जन सहित चट्याङ र हलका वर्षा भैरहने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।