पाँचथर । नेपाल पत्रकार महासंघ पाँचथर शाखाको सहकार्यमा सूचना तथा प्रसारण विभागद्वारा २ दिने घुम्तिशिविर सम्पन्न भएको छ । उत्त सिबिरबाट पाँचथर, ताप्लेजुंङ र तेर्हथुमका पत्रकार लावान्वित भएका छन् ।
सदरमुकाम फिदिममा रहेको नेपाल पत्रकार महासंघ शाखा पाँचथरको सभाहलमा सम्मपन्न उत्त शिविरबाट ८२ पत्रकारले सुचना तथा प्रसारण बिभागको रातो कार्ड लिएका छन् ।दुर्गम क्षेत्रबाट संचारकर्ममा सकृय मिडिया हाउस र पत्रकारहरुलाई संघीय राजधानी पुगेर कार्ड बनाउन निकै असहज परिस्थिती छ ।
जिल्लामा सकृय पत्रकार र मिडिया हाउसलाई सहज होस् भन्ने अभिप्रायले महासंघले आयोजना गरिएको पाँचथर शाखाका अध्यक्ष गिरिराज बाँस्कोटाले जानकारी दिएका छन् ।नेपाल सरकार सञ्चार तथा सुचना प्रविधि मन्त्रालय अन्तर्गतको यस शिविरबाट प्रेस प्रतिनिधि प्रमाणपत्र तथा अनलाइन सञ्चारमाध्यम सम्बन्धीका कामहरु सम्पन्न गरिएको छ ।
वैशाख १४ र १५ गते सम्पन्न उत्त शिविरमा विभागका निर्देशक भरत गौतम सहित सहभागी टिमको उपस्थिती भएको थियो । शिविरबाट पाँचथर र ताप्लेजुङका ४१ जना सकृय पत्रकारले नयाँ प्रेस पास लिएका छन् ।
प्रेस पास नवीकरण ३१ जनाले गरेका छन् भने २ जनाले अनुभव प्रमाणित र ३ जनाले प्रेस प्रतिनिधि प्रमाणपत्र प्रतिलिपी समेत लिएका छन् । यसैगरी ३ वटा अनलाईन दर्ता र २ वटा अनलाईन नविकरण पनि गरिएको छ । साथै नेपाल पत्रकार महासंघ शाखा पाँचथरका पुर्व अध्यक्ष लक्ष्मी गौतमले २०५६ सालदेखि प्रत्येक वर्ष छापिएका बाइलाइन समाचार पेश गरेर ‘स्वतन्त्र पत्रकार’को परिचयपत्र प्राप्त गरेका महासंघले जनाएको छ ।
महासंघले दुई आर्थिक वर्षलाई ‘पत्रकारको क्षमता विकासका लागि तालिम वर्ष’ घोषणा गरेको थियो । पत्रकारको लागि यस्ता सिबिरले थप जिम्मेवार बनाउने नेपाल पत्रकार महासंघका अध्यक्ष गिरिराज बाँस्कोटाले केन्जो खबरलाई बताएका छन् ।