पाँचथर । पाँचरमा एक क प्रहरीको शव वेवारिसे अवस्थामा भेटिएको छ ।
कुम्मायक १ ओर्दिन भन्ने स्थानमा भेटिएको उक्त शव जिल्ला प्रहरी कार्यलय पाँचथरमा कार्यरत प्रहरी सहायक हवल्दार खगेन्द्र श्रेष्ठको हुनसक्ने स्थानीयले बताएका छन ।
यासोक बजारमा लाग्ने त्रिसाली मेलामा शान्ति सुरक्षार्थ खटिएका श्रेष्ठ बैशाख ३ गतेदेखि हराइरहेका थिए ।
डियुटी समयमै यासोक बजारबाट हराएका उनको खोजी भइरहेको पाँचथर प्रहरीले जनाएको छ ।
आईतबार दिउसो बाटो नजिकै मोवाइल सेट फेला पारेपछि स्थानीयले आसपासमा हेर्दा प्रहरीको बर्दी शव भेटेपछि प्रहरीलाई खवर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमूख –(डिएसपी) राकेश थापाले प्रहरी हवल्दार हराइरहेको भएपनि शव सड्ने अवस्थामा पुगेकाले परिवारका सदस्यको उपस्थिति बिना पहिचान गर्न कठिनाइ भइरहेको वताए ।