केन्जो खबर,
पाँचथर । नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति पाँचथरले स्थानीय तहको चुनावलाई अस्वीकार गर्ने भएको छ । बुधवार र विहिवार सम्पन्न ८ औँ पूर्ण बैठकले यस्तो निर्णय गरेको हो ।
जिल्ला इन्चार्ज संगीत र सचिव सन्तोष विष्ट विज्ञप्ती जारी गर्दै स्थानीय तहको चुनाव नीतिगत रुपमा अस्वीकार गर्ने जनाएको छ ।
विष्टका अनुसार एमसिसि विरोधी मोर्चा बनाएर अगाडी बढ्ने, भष्ट्रचार बेथिती, मंहगी विरुद्ध संघर्ष गर्ने निर्णय भएको छ ।