पाँचथर । नेपाल प्रेस युनियन पाँचथर शाखाकाे बार्षिक साधारणा सभा तथा पुरस्कार वितरण र भित्ते पात्राे विमोचन कार्यक्रम सम्पन्न भएकाे छ ।
पाँचथर शाखा अध्यक्ष जितेन्द्र भण्डारीकाे अध्यक्षता समपन्न भएको हो । उत्त कार्यक्रममा जिल्लामा लोकतान्त्रिक अभिव्यक्ती स्वतन्त्रताको पक्षमा कलम चलाएका चार पत्रकारलाई सम्मान सहित पुरस्कृत गरिएको हो । देउमान केरूङ स्मृति पत्रकारिता पुरस्कारबाट दिपक बाेहरा र कुमार खड्का तथा लाेकनाथ स्मृति पत्रकारिता पुरस्कारबाट संगीता सुहाङ र रमेश गुरूङलाई पुरस्कृत गरिएकाे हाे ।
पुरस्कृतलाई कार्यक्रमका प्रमुख अतिथि, विशेष अतिथि प्रेस युनियन केन्द्रीय काेषाध्यक्ष सराेज अधिकारी पुरस्कारका अक्षयकोषदाता सुरेन्द्रकुमार केरूङ र छवि बाँस्काेटासहितको उपस्थितमा प्रमाण पत्र तथा नगद राशी १०/१० वितरण गरिएकाे हो ।
उत्त कार्यक्रममा नेपाल प्रेस युनियनय जिल्ला शाखाका पूर्व अध्यक्षहरूलाई सम्मान गरिएकाे थियाे । सम्मानित हुनेहरूमा संस्थापक अध्यक्ष श्याम पराजुली, दुर्गा बराल,बिपेन्द्र गौतम, लवदेव ढुङ्गाना, लक्ष्मी गाैतम तथा भीकुमार बाँस्काेटा रहेका छन् ।
उत्त कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेपालि काङ्ग्रेसका सहमहामन्त्री भिष्मराज आङ्देम्बेले ‘लोकतन्त्रको संस्थागत बिकासका लागि आफ्नो पार्टी काङ्ग्रेसले सरकारको नेतृत्व लिएको बताएका छन्’।
सह महामन्त्री आङ्दम्बेले जेठ १३ र १४ गते हुन लागेकी नेपाल प्रेस युनियनको केन्द्रिय अधिबेशन मजधारमा गएर अड्कियो भने,त्यो राम्रो हुदैन । यो आउने प्रेस युनियनको अधिबेशन रोकिनु नहुने बताएका छन् ।भातृ तथा शुभेच्छुक संघ सस्थाको समयमा महाधिवेशन नहुदा लोकतान्त्रिक मर्ममाथी चोट पुगेको धारणा राख्दै केन्द्रीय समितिले यसलाई छिटो सम्बोधन गर्ने बताएका छन् ।
कार्यक्रममा विशेष अतिथि नेपाल प्रेस युनियन केन्द्रिय कोषाध्यक्ष सरोज अधिकारीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका सम्बन्धमा कसैसंग पनि सम्झाैता नगर्ने बताएका छन् । उनले भने -विधि र लोकतन्त्रका बिषयमा लेख्नु नै प्रेस युनियनको धर्म हो । पुर्व प्रधानमन्त्री केपि ओलिले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हनन गरेका छन् यो सरकारले त्यस्लाइ अघि बढ्न दिनु नहुने बताएका छन् ।
बार्षिक साधारणसभामा बोल्दै अधिकारिले ‘कांग्रेसले चुनावका बेलामा मात्र पत्रकारलाई सम्झने गरेका कारण पनि समस्या देखिएकाे बताएका छन् । कार्यक्रममा नेपाली कांग्रेस पाँचथरका सभापति रूपनारायण जवेगु, नेपाली कांग्रेस पाँचथरका निवर्तमान सभापति तथा देउमान स्मृति पत्रकारिता पुरस्कारका दाता, फिदिम नगरपालिकाका प्रमुख, पत्रकार महासंघ १ नम्बर प्रदेशका पुर्व उपाध्यक्ष साेम सुसेली, पाँचथरका प्रमुख जिल्ला अधिकारी, नेपाल पत्रकार महासंघ १ नं. प्रदेश समितिका उपाध्यक्ष, लगाएत नेपाल प्रेस युनियन झापा सभापति इन्दु पूर्वेलिले शुभकामना मन्तव्य राखेका थिए ।
ढेढ बर्षमा हुने पुरस्कार बितरण कोभिडको कारण हुन सकेको थिएन । कार्यक्रमको समापनमा बोल्दै नेपाल प्रेस युनियन शाखा पाँचथरका अध्यक्ष जितेन्द्र भण्डारीले पत्रकारलाई यहि क्षेत्र अर्थात पत्रकारिता टिकाइ राख्नको लागि यस्ता पुरस्कार बितरणले सहयोग पुर्याउने बताएका थिए ।
कार्यक्रममा शाखाकी उपाध्यक्ष राधा लुईटेलले स्वागत तथा शाखाका सचिब सरोज शर्माले कार्यक्रम सञ्चालन गरेका थिए ।