पाँचथर । फिदिमकाे बुद्धमार्गमा घरकाे शिल्यानास गर्दै गर्दा माथिबाट खसेकाे पहिराेले एक व्यक्तिको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ६९ बर्षिय फिदिम सुखबोध माबी जोरसालका पुर्व प्रधानाध्यापक गोपाल ढुंगाना रहेका छन् ।
बिहान छिमेकिको घर शिलान्यासको पुजा गर्न गएका ढुंगाना माथिबाट सेफ्टिट्याङ्कीको वाल झरेर पुरिएका थिए । ४५ मिनेट स्काभेटरकाे सहायताले खोज्ने क्रममा ढुंगाना टाउकोमा गम्भीर चोट लागेको उनलाइ अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यलय पाँचथरले जनाएको छ ।