सरला रेग्मी,
पाँचथर । ६४ बर्षिय धनमाया मगर घाँस काट्न रुख चढ्दा लडेर ढाडमा चोट लाग्यो । जिल्ला अस्पताल पाँचथरमा उपचार हुन सकेन । थप उपचारका लागि झापाको सुविधासम्पन्न अस्पताल लैजानु पर्यो ।
तिहारमा टीका लगाउन फिदिमबाट मौवा हिडेकीराधिका बोहोरा दुर्घटनामा परिन । गाडिको अचानक ढोका खुल्यो उनी झरिन र गाडी उनको जिउ माथी चढ्यो । पाँचथर अस्पतालमा उपचार हुने सम्भावना कम देखेर आफन्तले हतार हतार इलाम पु¥याए । त्यहपनि उपचार नहुने भएपछि झापाको विएण्डसि अस्पताल लगियो । साढे १० लाख खर्चिएर उनको उपचार भयो ।
फिदिमकि बासिन्दा प्रमिला गुरुङको अचानक पेटको साइटमा दुख्यो । जिल्ला अस्पताल जाँच गर्दा एपेन्डिक्स भएको थाहा भयो । पेट दुखेको २४ घन्टा भित्र अप्रेसन गर्नु पर्ने थियो । पाँचथर अस्पतालमा सर्जन डाक्टर नभएपछि हतार हतार झापाको सुविधासम्पन्न अस्पताल रिफर गरियो ।
चालु आर्थिक बर्षको पुस सम्मको तथ्यांक हेर्दा पुरुष १३३ जना र महिला १३० जनालाई जिल्ला अस्पतालले सुविधासम्पन्न अस्पतालमा रेफर गरेको देखिन्छ । तथ्यांक हेर्दा धेरैजसो पुरुषहरु सडक दुर्घटनाबाट हात खुट्टा भाचिएका र महिला घाँस काट्न जानेक्रमामा रुखबाट लडेर हात खुट्टा भाचिएकालाई रेफर गरेको देखिन्छ ।
जिल्लामा स्त्रीरोग विशेषज्ञ र बालरोग विशेषज्ञ डाक्टर दुई जना छन् । पछिल्ला दिनमा जिल्ला अस्पतालमा डाक्टरको अभाव हुदै छ । पाँचथर अस्प्तालमा हाड जोर्नीको उपचार या बेहोस बनाएर गर्ने उपचार गर्ने जनशक्ति छैन् । जिल्ला अस्पतालमा हाडजोर्नी सम्बन्धी सामान्य समस्याको उपचार गर्ने हो भने लागत कति लाग्छ त ? जिल्लामा सिआर्म मेसिन र डिजिटल एक्सरे मेसिन छ । जिए मेसिन, ओटि टेवल, ड्रील मेसिन गरि लगभग ९० लाखको सामाग्री ल्याउदा हाडजोर्नीका बिरामीको उपचार गर्न सकिने अर्थो डाक्टर देउमान लिम्बु बताउछन् । एक जना एनेस्थिसिया र आर्थोपेडिक्स डाक्टरको लागि महिनामा ३ लाख सम्मको खर्च हुन जान्छ ।
हामीले रमितेडाँडा नजिकै बनाईएको भ्यू टावर र नजिकै भएको सिढिमार्गलाई तुलना गरेका छौँ । डाँडामाथि बनाईएको भ्यूटावरको उपदेयता देखिदैन । पर्यटन प्रवद्र्धनको नाममा बनाईएको सिढिमार्ग कर्किटले प्राकृतिलाई गिज्याईरहेकोमात्र छैन् उपलब्धि हिनता देखिन्छ । डाँडाबाटमा बनाईएको भ्यूटावरबाट फिदिम बजार देखिन्छ । भुईबाट जति दृष्य देखिन्छ, भ्यूटावरबाट उतिनै दृष्य देखिन्छ । भ्यूटारबाट फिदिम बजारमा अस्पतालको सानो भवन पनि देखिन्छ नै । डाँडामाथि बनाईएको भ्यूटावरलाई अस्पतालमा रहेको सुविधाको अभावले गिज्याईरहेको भान हुन्छ ।
नागरिकको स्वास्थ्य मौलिक अधिकार हो । स्वास्थ्य सुविधा विस्तार गर्नुका साटो भ्यूटावर र सिडिमार्गमा बजेट खर्चिनुमाथि अनेकन प्रश्न गर्न सकिने ठाँउ छन् । सुधिवायुक्त सहर बनाउने योजना सहित फिदिममा नयाँ सहरको कार्यक्रम अघि बढाईएको थियो । नयाँ सहरका ३ करोड ४९ लाख रुपैँया खर्चिएर भ्यु टावर बनाईएको छ ।
यस्तै फिदिम नगरपालिका र पर्यटन मन्त्रालयद्वारा शिवालय मन्दिर देखि माथिल्लो गाउँ, देउराली, रमितेडाँडा, बतासे हुँदै फाल्गुनन्दको समाधी स्थल सम्म सिढिमार्ग बनाउदा ४ करोड ८१ लाख खर्च भएको छ । कर्किट गरेर प्राकृतिक बाटोलाई बिगारीएकोमात्र छैन्, यो मार्गभएर पदयात्रा गर्न सकिने अवस्था पनि छैन् ।
भ्यु टावर र सिढिमार्गको बनाउन ८ करोड ८१ लाख रुपैँया हारहारी बजेट खर्च भएको छ । समाजबाद उन्न्मुख भनिएको मुलुकमा स्वास्थ्य ठुलो हो कि डाँडामाथि भ्यूटावर, कर्किटको सिडिमार्ग प्राथमिकतामा हो प्रश्न उब्जिछ नै । यि संरचनाको उपलब्धि सुन्य झै देखिन्छ ।
भ्यूटावर र सिढिमार्ग बनाउन खर्चिएको बजेटले पाँचथर अस्पतालमा आवश्यक हाडजोर्नी सम्बन्धी उपचारको समाग्रि खरिद गर्न ९० लाख र दुईजना विशेज्ञ डाक्टर लाई करिब २ सय ७३ दशमलब ६६ महिना अर्थात २३ बर्षसम्म राख्न सकिन्छ ।
राधिका सामान्य परिवारकी महिला हुन । यदि उनको यो उपचार जिल्लामा हुन्थियो त उनको खर्च २ देखि ३ लाख हुन जान्थ्यो । उनीजस्ता सयौँ हड्डीसम्बन्धी उपचार गराउन तराई महंगा अस्पताल लैजानुपर्ने हुन्छ ।
किन चाहियो डाँडाँमा भ्यु टावर ? भ्यूटारको भुईबाट जे देखिन्छ, भ्यूटावरबाट उहि दृष्य देखिन्छ । त्यतिमात्र होईन भ्यूटारव प्रायः सुनसान देखिन्छ । भ्यूटावर सञ्चालन गर्न अहिले कर्मचारीका लागि मासिक ४२ हजार खर्च हुन्छ । तर पछिल्लो महिनालाई हेर्ने हो भने एकमहिनामा ३० हजारमात्र आम्दानी भएको छ ।
हिड्नलाई डरमर्दो सिढिमार्ग उपयोगी देखिदैन । भएको प्राकृतिक बाटोलाई मर्मत गर्नुको साटो यत्रो बजेट किन खचिर्नु पर्यो ? प्रश्न उठ्छ स्थानिय सरकारले जिल्लाबासिको आवश्यकता किन बुझ्न नसकेको हो ? जब स्वास्थ्य, शिक्षा, रोजगारीबाट सक्षम हुन्छ तब व्यक्तिको लागि बिलासिका बस्तु चाहिन्छ ।
न्यूनतम आधारभुत आवश्यकता सुनिश्चितता बिनानै भ्यूटावर, सिढिमार्गमा बजेट खर्चिनुले सरकार कति जिम्मेवार छ भन्ने झल्काउछ । पीडा भोग्नेलाईमात्र थाहाँ हुन्छ । धेरैजसो स्थानिय सरकारको ध्यान सडक, पुल, भ्युटावर जस्ता निर्माणमा मात्र केन्द्रित भइरहेको छ ।
भ्यु टावर र सिढी मार्ग बनाउने बजेट अस्पतालको एउटा कक्षमामात्र खर्च गर्ने हो भने पनि स्वास्थ्यमा धेरै सुधार हुने देखिन्छ । हरेक स्थानिय तहले बजेटको महत्वपूर्ण हिस्सा स्वास्थ्यमा खर्चिने हो भने राधिका जस्ता जनताको स्वास्थ्य उपचार खर्च घट्ने छ । पहिलो पटक निर्वाचित स्थानिय सरकारहरुले आफ्नो पाँचबर्षे कार्यकाल पूरा गर्दैगर्दा जनताका न्यूनतम आवश्यकताका पूर्वाधारमा कति लगानी गर्यो भन्ने बिषय महत्पूर्ण हो ।
जिल्ला अस्पतालमा चार ओटा भेन्टिलेटर जनशक्ति अभावमा थन्किएर बसेका छन् । सुबिधा सम्पन्न अस्पताल सम्पन्न भएको तर जनशक्ती बिनाको संरचनाको के अर्थ ? जिल्लामा विकासका नाममा फजुल तथा गलत किसिमले भईरहेको बजेट अस्पतालमा खर्च गर्ने हो भने अकालमा ज्यान गुमाउनुपर्ने, उपचारका लागि घर, खेतनै बेच्नु पर्ने बाध्यता घट्ने थियो ।