विराटनगर : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले प्रदेश सरकारको क्षमताले भ्याएसम्म पत्रकारिता क्षेत्रलाई सहयोग गर्ने बताएका छन्। नेपाल पत्रकार महासंघ प्रदेश १ समितिले बिहीबार आयोजना गरेको प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले यस्तो बताएका हुन्।
मुख्यमन्त्री राईले पत्रकारिता पेसा जिम्मेवार पेसा भएकाले कहिलेकाहीँ जिम्मेवार पूर्ण प्रस्तुति नहुँदा व्यक्तिगत, सामाजिक कुरामा असहज हुने बताउँदै उनले जिम्मेवारपूर्वक काम गर्न आग्रहसमेत गरे।
‘पत्रकारिता पेसा जिम्मेवारपूर्ण, शक्तिशाली पेशा भएकाले यसमा कहिलेकाही जिम्मेवारपूर्ण प्रस्तुति नहुँदा व्यक्तिगत, सामाजिक कुरामा असहज हुन्छ’ ,उनले भने,’तपाईहरुको शक्तिलाई जिम्मेवारपूर्वक काम गर्न आग्रह गर्दछु।’
मुख्यमन्त्री राईले प्रदेश सरकारले पत्रकारको हकहितका लागि महत्त्व दिएको बताउँदै आर्थिक कार्यक्षेत्र र ऐन कानुनको सीमाले भ्याएसम्म यो क्षेत्रलाई सहयोग गर्ने बताए।
उनले पत्रकार महासंघ जिल्ला शाखाको भवन एकमुष्ट सम्भव नभए पनि प्रदेश सरकारको आर्थिकरुपले भ्याएसम्म सम्बोधन गर्ने प्रतिबद्धता जनाए।थाहाखाबरबाट