झापा । झापाको दमक नगरपालिका-१० स्थित भित्रि सडक खण्डमा ट्याक्टर अनियन्त्रित भई पल्टिदा १ जनाको मृत्यु भएको छ । हिजो बेलुका साँढे ५ बजे सिमेन्ट बोकेको मे.१त ३७४६ नम्वरको ट्याक्टर अनियन्त्रीत भई पल्टदा सहचालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा झापा दमक नगरपालिका-८ का २३ बर्षीय विकास ताजपुरियाको एडभान्स अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भईरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।