मोरङ। पुर्वाञ्चल विश्वविद्यालय कलेज अफ इन्भाइरोमेन्ट एण्ड फरेष्ट्री अन्तर्गत रहेको ग्रिनहर्ट एलाएन्स अफ पुसेफ को आयोजनामा खेलकुद सप्ताह सम्पन्न भएको छ । वन विज्ञान अध्ययन गरिरहेका विभिन्न ब्याचका विद्यायर्थिहरु बिच खेलकुद कार्यक्रम एक साता सम्म सन्चालन भएकोमा आज सम्पनन भएको छ । आज बिहान भएको भलिबल फाइनल खेलमा महिला तर्फ प्रथम ब्याचले दोश्रो ब्याचलाई सोझो सेटमा हराएको छ ।
त्यस्तै पुरुष तर्फको भलिबल खेल भने तेश्रो ब्याचले जित हासिल गरेको छ । विभिन्न ब्याचमा अध्ययनरत विद्यार्थिहरु बिच फुटबल, भलिवल, क्रिकेट, चेस लगायतका खेलहरु संचालन भएको हो । आज नै महिला फुटबल तर्फ दोश्रो ब्याच र तेश्रो ब्याच बिच प्रतिस्पर्धा हुदाँ दोश्रो ब्याचले जित हासिल गरेको छ ।
यस्तै पुरुष फुटबल तर्फ प्रथम ब्याचले जित आफ्नो पक्षमा पारेको छ पहिलो हाफमा राजशे राईले गोल गरि पहिलो ब्याचलाई अग्रता दिलाएका थिए तर दोश्रो हाफमा अनिस श्रेष्ठले गोल गर्दे बराबरी गरेका थिए तर खेलको अन्तिम समयमा रनमिन चौधरीको पासमा पारस बलमे गोल गर्दे आफ्नो टिमलाई २–१ को जित दिलाएका थिए । पुरुष तर्फ अनिश श्रेष्ठ म्यान अफ द म्याच भएका छन् भने महिला तर्फ पुस्तिका पौडेल म्यान अफ द म्याच घोषित भएका छन् ।
विभिन्न खेलमा सहभागि भर्य कार्यक्रम सम्पनन गरेकोमा ग्यापका अध्यक्ष शैलेन्द्र न्यौपानेले धन्यवाद दिए । त्यसै गरी ३ वटा ब्याचमा खेलाडिको रुपमा सहभागि भई आफ्नो महत्वपुर्ण सहभागिता दिएको भन्दै उप प्राध्यापक जिवन पौडेल, सरोज लामिछाने र प्रविण पण्डितले खेलको शोभा बढाउनुभएको भन्दै ग्यापका पुर्व अध्यक्ष सागर राम ढकालले आभार व्यक्त गरे । खेल पुर्वाञ्चल विश्वविद्यालयको खेल मैदानमा संचालन भएकोे थियो ।
आफुहरुलार्य समेत सहभागि बनाई खेल सोहार्द पुर्ण वातावरणमा संचालन गरेकोमा उप प्राध्यापक जिवन पौडेलले धन्यवाद समेत व्यक्त गरेका छन् । विभिन्न खेलका विजेतालाई एक कार्यक्रमका विच पुरस्कार वितरण गरिने आयोजक ग्यापले जनाएको छ ।