सरला रेग्मी
पाँचथर । २०७७ सालको अन्तीम दिन पाँचथर सदरमुकाम फिदिमबाट मोटरसाईकलमा कच्चीबाट हुइकियौँ । फिदिम–फालोटको बाटामो मोटरसाईकलको पछाडी बसेर धुलो र हावासँगै अनेकन नवितम दृष्यलाई आखाँमा राख्दै यात्रा अघि बढ्दै थियो । घाम ढल्किने बेला त भईसकेको थिएन, तर मौसम भने शितलनै थियो । यो यात्राको सन्र्दभ थियो, चौथो चौरी महोत्सव ।
अहिले सोचिरहेकी छु कि कहिले काहीँ त कफि पिउने भेटले पनि सन्जोक निर्माण गर्छ । पूर्वी पहाडको फिदिम उपत्यका जस्तो छ । दैनिक साथीभाईसँग भेट भएर कफिको बाहाना पारेर अनेकन विषयमा छलफल, बहस तथा नवितम योजनाका बारे कुरा गर्छौँ, या भनौ कहिलेकाहीँ साथिभाईलाई उडाउछौ पनि , यहि बेला फालेलुङ गाँउपालीकाको फालोट/तीन सिमाना क्षेत्रमा चौँथो चौरी महोत्सवको पत्रकारसम्मेलन हुने खवर आयो । यहि खवरले हाम्रो ध्यान चौरी महोत्सवतर्फ मोडियो । कफि पिउदा पिउदै हामी बिषयान्तर हुन्छौँ, यसरीनै मोडिन्छौँ ।
नेपाली नयाँ बर्ष लाग्दै गर्दा कहाँ जाने के गर्ने भन्ने सोच्दै गर्दा आएको यस्तो मेसेजले सबै को ध्यान त्यता गयो । महोत्सवमा जाने भनेर साथीभाईहरुको योजना बन्न थाल्यो, म बाहेक । किनकी म त्यति टाढा जान सक्छु कि सक्दीन भन्ने लाग्यो । फेरी साथीभाई भन्छन् बाईकमा जानु पर्छ, रमाईलो पनि हुन्छ ठाँउ ठाँउमा फोटो खिच्दै, रिर्पोटिङ गर्दै जानु पाइन्छ ।
बाइकको त्यती लामो यात्रा , उतै बस्दै जानुपर्ने मलाइ केही गार्हो होला जस्तो लाग्यो । तर मनमा जाने हुटहुटी जाग्यो । गतबर्ष कोरोना कहरले हुन नसकेको चौरी महोत्सव यस्पाली हुँदै थियो । साथीहरु महोत्सवमा जाने योजनामा रमाउन थाल्नु भयो । कफि पिउदै गरेपनि मनमा कुरा खेल्न थाले जाउ कि नजाउ ?
मेरो लागी चौरी नयाँ विषय थियो । तस्बिरमामात्र चौरी देखेको । कक्षा ३ या ४ तिर हो नेपाली किताबमा हिमालिभेगमा पाइने जनावर भनेर पढेकी थिए । चौरीबारे किताबबाट जानेकी थिए । हामी तराइ बासिले उच्च पहाडी, हिमाली जीव ,जन्तु, जनावर, हेर्न पाइने भनेको किताब नै हो । सन्जोकले पहाड स्थायी थाकथलो बनेको छ । मेरो अधिकतर बालापन तराई मै बित्यो । चौरी हेर्ने, चौरी डुल्ने पहाड का टाकुरा पैतालाले छुदै यात्रा गर्ने ,उच्च पहाडी भेगलाइ महसुस गर्ने अनि किताबमा देखेको हरेक तस्बिरलाइ नजिक बाट स्पर्श गर्ने यो महोत्सव मेरोलागी अवसर जस्तै लाग्यो । एउटा साथिले भन्यो जौ हैन फालेलुङ ? झटट् यहि उत्तर आयो
जाने भने जौ ।
यसरी योजना बन्यो । फिदिमबाट टोलि लगभग २ः४५ मा निस्यौँ, कतै धुलम्बे बाटो त कतै ग्राबेल ,कतै हेर्दै डर लाग्ने भिर त कतै छागा जस्तो बाटो ,कहिले को अघि त कहिले को पछि, यात्रा धुलो को कण जस्तै मसिना कुरा पनि याद हुने गरि आइरहेका थियो, मेरो जिवनको यस्तो लामो पहाडको यात्रा पहिलो थियो ।
कतै खेतका फाट आउथे, कहिले भिरालो जमिन, खोला खोल्सा । आहा कति सुन्दर प्रकृती । ग्रामिण गाँउहरु छिचोल्दै अघि बढ्दा दृष्य लोभलाग्ने । गाँउघरमा दिदिबैनी, दाजूभाई खेतबारीमा काम गर्दै हुनुहुन्थ्यो ।
म जन्मेको पहाड मै अरे, हुर्केको भने तराईमा र पहाड सगको नाता जन्मेदेखी कै हो तर पहाडलाई राम्रो चिनेको छैन । जब जाने तब देखि पहाड भनेको धनकुटाको बजार जस्तो मात्र हुन्छ त्यस्तै लाग्थ्यो । पहाडी परिवेश लाई चिन्ने यो यात्रा मेरो लागि यो एउटा सुन्दर अवसर थियो । फिदिम अनि त्या बाट देखिएका चुच्चा चुच्चा पहाड अनि टाढा टाढा पिल पिल गर्ने बत्ती त्यही हो पहाड जस्तो लाग्थ्यो । नलागोस पनि कसरी, म यस्तै परिवेशमा थिए ।
फिदिमबाट प्रकाश नेपाल, गिरिराज बाँस्कोटा, दिपक बोहोरा, विष्णु अधिकारी, कमल घिमिरे थिए । नागिनको पुलभञ्याङ बजारमा खाजा खानेबेला टिआर रिमाल र उसका साथीहरुसँग भेट भयो ।
आकासे नजिकबाट फिदिम नगरपालीकालाई छाड्यौँ । फालेलुङ गाँउपालीकाका बस्तीहरु थिए । काठ, माटो, ढुङ्गाले सजाएर बनाएका घर थिए । गाँउ गाँउ भनेर टाढा सम्झिने भन्दा पनि विकासका आयामहरु बन्दै गएका देखिन्थे । त्यतिमात्र होईन यहाँका बासिन्दाले सुविधा युक्त, सास्कृतिक र सभ्य बनाईरहेका देख्यौँ ।
सिदिनको बासबोटे भन्ने ठाँउबाट फिदिम–फालोट सडकलाई छोडियो । यहिनेर बगाले भन्ने गाँउ भेटियो झुरुम्म घर निला टिनका छाना ,बढी लिम्बू बस्तिपनि । यहाँका मित्र धनकुमार लावतीलाई पनि सम्झिए । लुकाउनु पर्ने कुरा बोल्दा बोल्दै खुस्काई हाल्ने भएपनि सहयोगी यि मित्रको गाँउ यि जस्तै सुन्दर थियो । त्यो गाउँ अहिले पनि आँखामै छ । धुलो र हामीसँगै हिड्दै थियौ, धुलो हामिलाइ लागेको हो कि धुलोमा हामी लागेका हौ थाहापाउने अवस्था थिएन ।
सिदिनबाट मेमेङ तर्दै गर्दा झोलुङ्गेपुलबाट बाईक तार्नु पर्दो रहेछ । मान्छे हिड्ने बाटोबाट बाईक कुदाएर पुल तार्नु पर्ने । अलि डरमर्दौ यात्रा त्यहाँ थियो । जिस्काउदै थिए साथिहरु मलाइ देख्नु भयो पहाड भनेर । मलाई त बढो रमाईलो लागिरहेको थियो । पहाड, बन क्षेत्र कट्दै जादा कति सुन्दर लाग्ने । पहाड एकपछि अर्को लाग्ने । क्षितीज त कति टाढा हो टाढा । गोधुलीमा यि गाँउहरु कति सुन्दर देखिएका । खेतबारी, साना नानीहरु गाँउ भनेको सभ्यता, सस्कृति जोगाउने ठाँउ पनि त हो ।
झमक्क साझ पदैजादा घुम्तिहरुमा हाम्रै बाइकका लाइन देखिन्थियो र पनि बस्ने स्थान आइपुगेको थिएन । बाटोमा बनाइएका चौेथो चौरी महोत्सव मा स्वागत छ भनेर लेखेको गेटले नजिकै पुगिहालिम जस्तो आभास दिदै थियो । पारी पट्टी प्राङ्बुङ ले पनि स्वागतको हात हल्लाउदै थियो । आयोजक सुनिल बान्तवा दाइको फोन आउदै थियो,गणेश थाम्सुहाङ को घर स्वागत गर्न आतुर छ भनेर ।
करिब ७ बजे हामी गणेश दाइको घर पुग्यौँ । दाईको आत्मीय स्वागत थियो । मेमेङका डाँडामा रहेका घरमा हाम्रो बास थियो । वारीपारी बत्ति झलमल थिए । भिड थिएन, कोलाहल थिएन् ।
खाना खाने अलि माथि रहेछ । अझै ठुलै जमात भेला भयौ, जब धरानमा थिए यो दिन अर्थात् नयाँ बर्षको अघिल्लो दिन कुनै रेष्टुरेन्टमा निउ इयर इभ मनाइरहेका हुन्थ्यौँ । तर यसपल्ट फरक अनुभुती गरिरहेकी थिए,त्यहाँ डान्स लाइट हैन कुप्पिले उज्यालो दिइरहेको थियो । खाना भन्दा पनि मीठो त्यहाको आतिथ्य सत्कार थियो। त्यस्तो आतिथ्य सत्कार सहरमा पाउन मुस्कील थियो ।
क्याण्डील बाल्यो । गाँउहरु सुनसान थिए । कसैले गित बजायो केहि मिठो बात गर रात त्यसै ढल्किदै छ ….। २०७७ सालको अन्तिम रात निक्कै रमाइयो भयो ।
सुर्योदयसँग हामीले नयाँ बर्षलाई स्वागत गर्यौ । अग्ला पहाडको काखमा नयाँ बर्षको शुभकामना साट्यौँ । विहान चौरी महोत्सवका लागि आहिपुगका साथिहरुसँग भेटिए । स्टिलको कपमा मगमगाउदो कालो चिया पिउदै गर्दा म भावनामा पनि बग्दै थिए ।
सात बजे यात्रा सुरु गर्ने भनेको झण्डै आठको हाराहारिमा यात्रा सुरु भयो । धुलोमा बानी हुदै गईयो । जति उकालो लाग्यो अति फराकिला डाँडाहरु भेटिए । गाँउहरु तल लाग्न थाले । गाडिका हुटमा बसेका तन्नेरीहरुले हात हलाउदै, गीत गाँउदै आत्मियता साट्दै थिए ।
लेकचढ्दै जादा गुराँसका फूलहरु भेटिए । हाम्रो टोलि रोकिदै फोटो खिचदै टिकटक बनाउदै र आफुलाइ चाहिने सामाग्री को भिडियो बनाउदै अगाडि लागिरहेको थियो । गुराँस को फेदमा उभिदा सबिन राइको ‘गुराँसको फेद मुनि सम्झनाको छाँया’ भन्ने गित गुनगुनाए ।
लालीगुराँस, सेतो, गुलाबी रङ्मा फुलेका गुराँस देख्दा अद्भुत आननद मैले महसुस गरेको थिए । अब मुटु सम्म पुग्ने गरि चिसो हुँदै थियो अलि अलि गर्दै जब गन्तब नजिकिदै थियो । गन्तव्य चाडो पुग्ने अभिलाषा थियो। शसस्त्र प्रहरीको केही समय अगाडि स्थापना गरेको वोडर आउटर पोष्ट (बिओपी) नजिक पुगेर बाईक थन्कायौँ । त्यहि नजिकको चौरी गोठमा आयोजक ले आउने पाहुनाको लागि खाना खुवाउने प्रबन्ध मिलाएका रहेछन् खाना खाएर चौरी हेर्न फेरि लाग्यौ । त्यो उकालीलाई पनि गुराँसले सुगन्धमय बनाएको हुनुपर्छ नत्र त त्यस्तो सुगन्ध अन्त कहाँ ?
तीन सिमाना करिब ३ हजार ६ सय मीटर उचाईमा छ । यसको आसपासमा चौरी महोत्सवको माहोल थियो । चौरी महोत्सवमा त कति धेरै मान्छे आएका । ठाँउ ठाँउबाट आएका आगन्तुक देख्दा र त्यहाँको मनमोहक दृश्यले रमाईरहेका थिए ।मैले चौरी गाई मात्र देखिन चौरिका विभिन्न प्रजाती पनि देखे, झालेमाले बनाएर ल्याइएका चौरी गाई का विभिन्न प्रजाती मध्ये फोक्जो,उरिङ जातका चौरी पनि देखे, चौरिको छुर्पी, भेडाको उनबाट लुगा, भेडाको घिउ,लोकल चिया,जस्ता त्यहाको आकर्षण थिए । उडु कि गुडु जस्तो भयो । चौरी महोत्सवको सन्दर्भले हामी तीन सिमाना पुग्यो । सिक्किम भारतसँग नगाभिन्जेल नेपाल, भारत र सिक्किमको सिमाना भएकाले तीन सिमाना भनिएको रहेछ । अहिले भारतको सिक्किम र वेष्टबङ्गाल र नेपालको फालेलुङ गाँउपालीकाको सिमाना जोडिन्छ ।
यो उच्च पहाडमा भारतसँग सिमाना जोडिएको यो क्षेत्र पुग्दा राष्ट्रियता भाव उच्च भएको थियो । सिमा स्तब्भमा उभिएर नेपाली फोटो खिचियो ।
करिब ३ किलोमिटरको पैदल यात्रा को क्रममा देखिएका चौरी , पर्यटकको भिड अग्ला चुच्चा ढुङा, पैदल यात्रीको लागि बनाइएको साना सुन्दर गोरेटा हरियो डाडा अनि पर पर देखिएका रातम्बे गुराँस । मैले स्वर्ग भनेकै यहि होला भन्ने अनुमान लगाए । तीन सिमानाबाट तल तलका ठाँउ हेरे । म भन्दा माथि त आकास थियो । धजापतका हावाले उडाउदाको दृष्य सपनामा पनि देख्छु अचेल बेला बेला ।
हाम्रा साथीहरु सारै नक्कले नक्कले किसिमका बाटोमामा भेटिएका युवतीहरु सँग गीत गाँउदा गाँउदै फोटो खिच्न कुदिहाल्थे । साना पोथ्रा सङ साइनु गास्दै , थुम्का थुम्किलाइ ओत लाग्दै ,हाम्रो अन्तिम गन्तब्य पुग्यौ । ढुङै ढुङाको पर्खाल झै ढुङा माथी ढुङा राखेर, राता सेता पहेला तोरण टागेको दृश्य पनि कम रोमान्चित थिएन । तीन सिमाना लेखेको बोर्ड छेउमा फोटो खिच्न पालै कुर्नु पर्यो । डाँडाभरि मान्छे र चौरीको भिड थियो । चौरी डुल्ने लेकमा हामी निस्फिक्री घुम्दै रमायौँ ।
पारी पट्टि भारत र वारि पट्टि नेपालको सिमाना पुग्दा हर कोहिको मुखमा गित झुन्डिएको थियो ‘जे गर जसो गर जता सुकै लैजाउ मलाइ यो मन त मेरो नेपाली हो ।’
यो यात्रा केवल यात्रा मात्र भएन एउटा मीठो सिकाइ पनि भयो । औपचारीक कार्यक्रम भयो । गोठपाल्ने दाजूभाई खुसि देखिन्थे । चौरीसँग सेल्फि खिच्नै पर्यो । लेकमा चौरी महोत्सव गर्न आयोजक र गोठसञ्चालकहरुले निक्कै दुख गरेका देखियो । तीनवटा महोत्सव चारराते ठाँउमा लागेपछि यसपल्ट भने तीनसिमाना÷फालोट क्षेत्रमा भएको थियो ।
मेरो लागि नयाँ बर्ष साचै नयाँ बर्ष जस्तै भयो
केहि साना गल्लिले ठुला आशा जगाएको थियो
सानो घरमा मीठो आतिथ्यता झल्काएको थियो
मधुरो बत्तिले मनमा एउटा छुटै ननिभ्ने दियो जलाएको थियो ।
अविश्मणिय भयो, नयाँ बर्षको चौरी महोत्सव यात्रा । थाकियो नै तर थकान भन्दापनि दृष्यमा रमाउदै नयाँ अनुभिक्तको अवसर जुर्यो ।