सरला रेग्मी,
पाँचथर । पहाडी क्षेत्रमा हाट(हटिया) स्थानीय उत्पादन विक्रि गने लाग्ने गर्छ । कृषिजन्य उत्पादनको बिक्रि गर्ने थलोको रुपमा हटियालाई लिन सकिन्छ । ग्रामिण अर्थतन्त्रमा समेत सहज बनाएको छ ।
लगभग तिन दशक देखी सनिबारे हाट पाँचथर जिल्लाको सदरमुकाममा लाग्ने गरेको हाटमा जिल्लासँग जोडिएका बिभिन्न वाडमा उत्पादन भएका आलु, मुला, फुलकोपी, हरियो सागसब्जी, सिजनका तरकारी र दाल, कोदो फापर, डोका, नाङ्लो जस्ता गाउँका उत्पादन आउने गर्छन ।
पछिल्लो समय स्थानिय उत्पादन मात्र होइन तराईका सामाग्रीपनि देख्न सकिन्छ । कोरोना महामारीले विश्व आक्रन्त बनेको बेला पाहाडी जिल्लाका हाटपनी त्यसबाट अछुतो रहन सकेन । हाट बन्द हुँदा गाउँका कृषि उत्पादन गर्नेलाई घर खर्च चलाउन हम्मे परेको थियो भने बजारका बासिन्दालाई स्थानिय उत्पादन नपाउने अवस्था आएको थियो । पहाडका हाटमा अझै माना पाथिको चलन गएका छैनन् ।
शिवालय मन्दिर र १६औं बिभुती फाल्गुनन्दको परिषद्मा लाग्ने हाट शनिबारे बजारको नाममा परिचीत छ । कोरोना महामारी सहज भए सँगै शनिबारे हाटमा चहलपहल बढेको छ ।