बिराटनगर । प्रजातान्त्रिक वन प्राविधिक संघ नेपाल (डिफान), प्रदेश नं १ को प्रथम प्रदेश अधिवेशन आज सम्पन्न भएको छ । प्रदेश नं १ का वन , वातावरण तथा भु संरक्षण मन्त्री शेखरचन्द्र थापाको प्रमुख आतिथ्यता तथा प्रदेश सचिव संजिव कुमार राई र केन्द्रिय अध्यक्ष दामोदर शर्माको विशिष्ट आतिथ्यता रहेको थियो । प्रदेश अधिवेशनमा सहभागि सबै वन प्राविधिकहरुलाई मन्त्री थापाले विधि, पद्धति अनुसार अगाडि बढ्न र सबै मिलेर एक ढिक्का भई वन क्षेत्रको विकासमा लाग्न सबैलाई आग्रह गर्नुभयो । उक्त कार्यक्रममा अनिरुद्ध कुमार साहको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व समेत चयन भएको छ ।
समितिको उपाध्यक्षमा खुल्ला तर्फ उत्सव थापा, महिला उपाध्यक्षमा प्रज्ञा खनाल, जनजाति उपाध्यक्षमा दिनेश प्रसाद चौधरी, सचिवमा सोमेश्वर कुमार दास, सहसचिव सन्दिप सुवेदी, कोषाध्यक्ष गुराँस लावती, चयन भएका छन् । त्यस्तै समितिको सदस्यमा राजु खड्का, आनन्द चौधरी, खेमराज ओली,विनिता सुवेदी, राजकिशोर मण्डल, प्रमेश्वर पाश्वान, रोशनराज काफ्ले, श्रीमोहनलाल कर्ण, रुपेश ठाकुर, मोहम्मद अल्ल्लाउदिन चयन भएका छन् ।
यसै गरी प्रदेश अधिवेशनबाट केन्द्रिय प्रतिनिधिमा रितेश भुषण बस्नेत र जगदिश रेग्मी चयन भएका छन् । सर्वसम्मत निर्वाचित अध्यक्ष साहले आगामि दिनमा प्रदेशमा थाति रहेका कामहरुलाई अगाडि बढाउने र अग्रज तथा विज्ञको सल्लाह सुझाव लिएर आफुले संघको नेतृत्व गरी रचनात्मक क्रियाकलापहरु संचालन गरिनेमा जोड दिनुभयो । भेलाले धनन्जय लामिछानेको संयोजकत्वमा पाँच सदस्यीय सल्लाहकार समिति गठन गरेको छ ।