इलाम । इलामको रोङ गाउँपालिका-४ जोरकलस स्थित मेची राजमार्गमा अवैध समान बोकेको गाडी सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आज बिहान साढे सात बजे झापाबाट इलाम तर्फ जाँदै गरेको प्रदेश १-०१-००१ च ९२१९ नम्वरको वलेरो गाडीमा अवैधरुपमा बोकेको अन्दाजी १९ लाख बरावरको २००० किलोग्राम (४० बोरा) हार्ड छुर्पी बरामद गरेको हो ।
अवैध छुर्पी बरामद भए सगै उक्त छुर्पी, गाडी र चालक इलाम सुर्योदय नगरपालिका-२ का निमा तामाङलाई पक्राउ गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।