तुम्बेवा । तुम्बेवा गाउँपालिकाको लाइफलाइन रहेको तमोर पंम्पिङ खानेपानी आयोजनाको उद्धघाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका छन् । प्रधानमन्त्री देउवाले धारा खोलेर आयोजनाको उद्धाटन गरेका थिए ।
देउवा सोमबार तमोर पंम्पिङ खानेपानी योजनाको उद्घाटन गर्न तुम्बेवा गाउँपालिकाको केन्द्र मैवा बजार आइपुगेका हुन् । प्रधानमन्त्री देउवा सुनसरी, खोटाङ हुँदै पाँचथर आएका हुन् ।
पंम्पिङ खानेपानी योजनाको उद्धघाटन गर्दै प्रधानमन्त्री देउवाले स्वच्छ खानेपानी खान पाउनु सबै नागरिकहरुको अधिकार भएकाले सुख्खा क्षेत्रको नागरिकहरुलाई खानेपनी वितरण गर्न यो सरकार लागी परेको बताए ।
१६ सय ४ घरघुरी लाई खानेपानी पुराउने उद्देश्यका साथ २०७४ सालबाट उक्त आयोजना सुरु भएको थियो । कन्काइ—प्रोरा जे.भि ललिपुर कम्पनीले उक्त आयोजनाको निर्माणको जिम्मा पाएको थियो । उक्त आयोजनाको लागत ४५ करोड ८६ लाख ३ हजार ८ सय रहेको छ । अहिले उक्त आयोजनाको ९५ प्रतिशत निर्माण कार्य सकिएको बताइएको छ ।