काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) संसदीय दलको बैठक बस्दै छ ।
आज दिउँसो ३ बजे बैठक बस्न लागेको संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।
बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्नेछ । संसद् अधिवेशन अन्त्य भएको भोलिपल्ट एमाले संसदीय दलको बैठक बस्न लागेको हो ।
बैठकमा पार्टीको माग पूरा नगरी अधिवेशन अन्त्यलगायत विषयमा छलफल हुने बताइएको छ ।
पार्टीले कारबाही गरेका १४ सांसदको सूचना टाँस गर्नुपर्ने मागसहित एमाले सांसदले लामो समयदेखि संसद् बैठक अवरुद्ध गर्दै आएका थिए । एमालेको अवरोधकै बीच सभामुख अग्निप्रसाद सापकोटाले बैठकका काम–कारबाही अघि बढाएका थिए । यद्यपि, अधिकांश बैठक चल्न सकेको थिएन ।बार्हखरी