पाँचथर । तमोर नदिको किनानै किनारबाट पहाड र तराई जोड्ने तमोर करीडोर अन्तगर्त पाँचथर देखि सुनसरीको चतरा सम्मको सडक सञ्चालनमा आउन थालेको छ ।
मुलघाटदेखि पाँचथरको माझिटारसम्म ७५ किलोमिटर खण्डमा ग्राभेल स्तरको काम सकिएको छ । माझीटारदेखि भालुचोकसम्म ट्र्याक खोलेर स्तर वृद्धि गरिरहेको मध्यपहाडी राजमार्ग सडक आयोजनाले जनाएको छ । मुलघाट देखि चतरा सम्मको ३६ किलो मिटर खण्ड पनि ग्राभेल स्तरको काम सकिएको छ । ग्राबेल स्तरको सडक बनाउने काम सम्पन्न हुन लागेको छ ।
पाँचथर र धनकुटाको विभिन्न क्षेत्र जोड्ने सडक यो सडक तमोर नदिको नजिकै भएर निर्माण गरीएको छ । पूर्वी पहाडलाई सुविधायुक्त सहर जोड्ने द्रतु सडकको रुपमा लिईएको छ । यो सडक बनेसँगै ताप्लेजुङ, पाँचथर, तेह्थुम र धनकुटाका वासिन्दालाई तराई झर्न सजिलो बन्दै गएको छ । यो सडकको काम ९६ प्रतिसत सकिएको छ । चाडै ग्राबेल स्तरको सडक निर्माणको काम सकिने आयोजना कार्यालयले जानकारी दिएको छ ।
पाँचथरको याङवरक गाँउपालीकाको गणेशचोकदेखि सुनसरीको चतरासम्मको १ सय ५३ किलोमीटर सडक बने संगै पाँचथर, ताप्लेजुङ तेह्रथुम,धनकुटाका स्थानियहरु लाभाविन्त हुने आयोजना प्रमुख प्रमुख दानकुमार शाक्यले बताए । गत आर्थिक वर्ष सम्म यो आयोना पनि मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय मार्फत हेरीदै आएकामा अब तमोर करीडोरको आफ्नै कार्यालयबाट आयोजना हेरीने शाक्यले बताए । ६ अर्ब १५ करोड १४ लाख रुपैँया लागत रहेको सडकको ट्रायक निर्माणदेखि ग्राबेल स्तरसम्मको स्तर उन्नतीकालागि ठेक्का लागेको थियो ।
तमोर नदिको किनारै किनार १० मिटर चौडा भएको सडकको ट्रयाक निर्माण तथा भएको ट्रयाकलाई स्तरउन्नती गर्ने गरी काम अघि बढाइएको थियो । पाँचथरको गणेश चोकदेखि सुनसरीको चतरासम्म १ सय ५३ किलोमीटर सडक बनेपछि यो क्षेत्रका बासिन्दा उत्साहित थिए । पाँचथरको रानीगाँउमा करिव २ किलोमीटर सडकको ट्याक बन्न बाँकि रहेको छ । यहाँ पनि केहिदिनसम्म सडक बनिसक्ने जानकारी दिइएको छ । सडक बनेसँगै यहाँ नियमित बस, जिप, पिकअप जस्ता गाडीहरु चल्न थालेका छन् । सडक नजिकै घर बन्न थालेका छन् । तमोर जलासय युक्त आयोजनाबन्दा असर नपर्ने गरी सडक बनेका छन् ।
सडक निर्माण संगै उत्पादित बस्तुको बजारिकरणमा सहज हुनेछ निर्माण सामाग्री ढुवानिमा सहज हुनुका साथै ओलाङ्चुङगोला जोड्ने उतर दक्षिण सडक निर्माणसङ्गै चीनिया र भारितिय बजार जोड्ने महत्पूणर् सडक बन्ने अपेक्षा राखिएको छ । यो सडक बनेसँगै दैनिक गाडी चल्न थालेका छन् । कोरीडोरको काम सातवटा प्याकेजमा छुटाएर ट्रयाक खोल्ने र ग्राभलीङ गर्ने कार्य गरीएको शाक्यले बताए । यो सडकबाट पूर्वि पहाडलाई तराई हुदै काठमाडौसँग जोड्ने दु्रत सडक मार्गको रुपमा तमोर करिडोरको नाममा निर्माण कार्य अगाडी बढाइएको हो ।सडक निर्माण भए संगै पाँचथर ,तेह्रथुम र ताप्लेजुङबाट सहज रुपमा तराइ हुँदै केन्द्रीय राजधानी काठमाण्डौ सम्म सहजरुपमा पुग्न सकिनेछ ।
करिडोरले पहाड र तराइलाइ जोड्दैे यँहाको जिबिकोपाजर्नमा र आर्थीक कारोबारमा बृद्धि हुने अपेक्षा गरीएको छ । पाँचथर,तेह्रथुम र ताप्लेजुङका कृषि उपज उत्पादनहरु तराइ पुर्याउन सहज हुने अनुमान गरीएको छ । तराइ संग सिदा सम्पर्क हुने भए पछि यहाँका कृषकहरुलाइ फाइदा हुने अनुमान गर्न थालीएको छ ।
तमोरको किनारै किनार सडक विस्तार गर्ने गरी काम अघि बढाइएको हो । चतरादेखि मूलघाट आएपछि तमोर करिडोरको बाटो हुँदै पाँचथरको सुभाङ खोला हुँदै मेची राजमार्ग छोएर गणेश चोक पुग्नेछ । यसअघि बनेको मध्यपहाडी लोकमार्ग घुमाउरो भएकाले छिटो बाटो रोजिएको छ ।