पाँचथर ।मिक्लाजुङ–५ नं वडा कार्यालयको समन्वय र लायन्स क्लब अनारमनीको सहकार्यमा बि एण्ड सी मेडिकल कलेज, बिर्तामोड को सहयोगमा स्वास्थ्य चौकी कुरुम्बामा एकदिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
शिविरमा जम्मा २५३ जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन्।
कार्यक्रममा वडाध्यक्ष अबिसन लावतीले भने, “शिविरले स्थानीयवासीहरूलाई स्वास्थ्य जाँच, परामर्श र आवश्यक औषधि उपलब्ध गराएर स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गरेको छ।”
शिविरमा बि एण्ड सी अस्पतालका विशेषज्ञ चिकित्सकहरूले सेवा प्रदान गरेका थिए। उनीहरूमा १ जना गायनोलोजिस्ट, २ जना जनरल फिजिसियन, ३ जना साइकियाट्रिक चिकित्सक, साथै नाक–कान–घाँटी र बालरोग विशेषज्ञ समावेश थिए।
कार्यक्रममा लायन्स क्लब जिल्ला प्रमुख शैलेन्द्र कुरुम्बाङ, बि एण्ड सी मेडिकल कलेजका मार्केटिङ प्रमुख गोबिन्द खनाल, र लायन्स क्लब अनारमनी अध्यक्ष सरोज खरेलको उपस्थितिमा शिविर सम्पन्न भएको थियो ।
वडाध्यक्ष लावतीले जनतालाई निशुल्क स्वास्थ्य सेवा प्रदान गर्न पाएको अवसर उपयोगी भएको बताएका छन् र भविष्यमा यस्ता शिविरहरू नियमित आयोजना गर्ने योजना रहेको बताए।




