पाँचथर–पाँचथर सदरमुकाम फिदिममा सम्पन्न आठौँ सुम्हालुङ मिनि म्याराथनमा ताप्लेजुङ अमिर तेङबुङ प्रथम भएका छन् भने महिला तर्फ भने पाँचथरकी पुष्पा शेर्मा प्रथम भएकी छन् ।
चासोक तङ्नाम मेलाको अवसरमा सम्पन्न म्याराथनमा ९ दशमलव ५ किलोमीटरको दुरी २८ मिनेटमा पार गर्दै अमिर प्रथम भएका हुन् । निर्धारीत दुरी २९ मिनेटमा सो दुरी पार गरेका ओसन राई द्धितिय र ३० मिनेटमा दुरी पारगर्दै रमेश लिम्बु तृतिय भए । महिना तर्फको ५ दशमलव ३ किलोमीटर दुरी १९ मिनेटमा पार गर्दै शेर्मा प्रथम भईन । २० मिनेटमा सो दुरी पार गरेकी कृतिका नेम्बाङ तृतिय र २० दशमलव ३० मिनेटमा सोहि दुरी पार गरेकी मेन्छोमा तुम्बापो तृतिय भइन ।
पुरुष तर्फका प्रथमले ३० हजार रुपैँया नगद र ट्रफि प्राप्त गरेको छ । द्धितिय र तृतियले २० हजार र १५ हजार रुपैँया नगद पुरस्कार पाए ।
महिला तर्फको प्रथमले १५ हजार, द्धितियले १० र तृतियले ५ हजार नगद पुरस्कार सहित ट्रफि प्राप्त गरे ।
सुम्हालुङ म्याराथनमा अमिर र पुष्पा प्रथम
सुम्हालुङ म्याराथनमा अमिर र पुष्पा प्रथम
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




