पाँचथर– पाँचथरको तिजोक यतिबेला घुम्न जानेको रहरको गन्तव्य बन्दै गएको छ । पछिल्लो समय बहुसास्कृतिक पार्क बनाउने काम अघि बढेपछि पहाडको अग्लो डाँडा तिजोक झनै सुन्दर बनेको छ । धार्मीक विश्वास समेत यो ठाँउमा बहुसास्कृतिक पार्कले थप आर्कषक बनाएको छ ।
विभिन्न संरचना निर्माण गरीएको छ । यो पार्क बनाउनका लागि देश तथा विदेशमा रहेकाहरुले आर्थिक सहयोग गरेका छन् स्थानियहरुको श्रमदान समेत भएको छ । अगाडी हिमाल देखिन्छ भने सल्लाघारीको बिचमा रहेको तिजोक आर्कषक छ । घुम्न, बनभोज खान, टिकटक बनाउनका लागि पनि यहाँ पुग्ने गरेका छन् ।
फाल्गुनन्द गाउँपालिकाको नवमिडाँडा बजारबाट नजिकै यो ठाउँमा घुम्न जानको संख्या बढ्दै गएको छ ।
विगतमा पनि यो ठाँउमा विभिन्न संरचना बनाइएको थियो । गाउँपालिका, वार्ड मार्फ्त पर्यटन प्रवद्र्धन गर्ने काम भईरहेको छ । यसमा विकास समितिको पहलले थप मुर्त रुप लिदै गएको पाईन्छ ।
यहाँ धार्मीक विश्वास रहेको छ । अग्ला सल्लाका बोट मुनिको क्षेत्र आनन्दायी छ । अगाडी हिमाल देखिन्छ । नजिकका गाउँहरु सुन्दर देखिन्छन् । ग्रामिण जनजीवन र एकदिन घुम्नका लागि उपयुक्त थलो रहेको छ।
तिजोकमा सुविधा थपिदै गएका छन् । अझै धेरै काम बाँकि रहेको विकास समितिले जनाएको छ । सडक, खानेपानी जस्ता आवश्यक विषयकहरुको पनि सुधार हुदैँ गएको छ । हेर्न र घुम्न रमाईलो छ ।
तिजोक क्षेत्रको विकासका लागि उत्साहि भएर लागेको देखिन्छ । देश विदेशमा रहेकाले आर्थिक सहयोग गरिरहेका छन् ।
लिङ्क https://www.facebook.com/reel/1591830155155819/




