झापा । बिर्तामोडमा १ लाख १४ हजारभन्दा बढी रकमसहित ८ जना जुवाडे पक्राउ परेका छन् । हिजो साँझ ७ बजे बिर्तामोड ५ स्थित एक चिया नास्ता पसलबाट उनीहरु पक्राउ परेका हुन् ।
बिर्तामोड बसपार्क छिर्ने बाटो नजिक सरोज श्रेष्ठको घरमा गोपाल श्रेष्ठले संचालन गरेको चियानास्ता पसलमा जुवा खेलिरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको टोलीले ६ बुङ नखोलिएको तास, ६ बुङ खोलिएको तास र १ लाख १४ हजार ५५५ रुपैयाँसहित ८ जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरुमा इलाम ९ गोलाखर्क घर भई हाल बिर्तामोड ५ धिमाल चोक बस्ने ३८ वर्षीय तिर्थराज तामाङ, इलाम देउमाई १ बरबोटे घर भई हाल अर्जुनधारा ११ बसपार्क बस्ने ३२ वर्षीय कुशल गुरुङ, ताप्लेजुङ पाथिभरा याङबरक २ थेचम्बु घर भई बिर्तामोड ६ स्यालडाँगी बस्ने ४२ वर्षीय भुपालकुमार कटुवाल रहेका छन् ।
यसैगरी, पाँचथर हिलिहाङ ७ भारपा घर भई हाल बिर्तामोड ५ किराँत चोक बस्ने २९ वर्षीय मनकुमार कटुवाल, पाँचथर फिदिम ४ थापाटार घर भई हाल बिर्तामोड ५ सगरमाथा टोल बस्ने ४९ वर्षीय हेमबहादुर थापा, झापा धरमपुर घर भई हाल बिर्तामोड ५ बसपार्क बस्ने ५१ वर्षीय गोपाल श्रेष्ठ, पाँचथर लालीखर्क घर भई हाल बिर्तामोड ६ बुट्टाबारी बस्ने ३५ वर्षीय सुजन श्रेष्ठ र पाँचथर हिलिहाङ ७ घर भई हाल बिर्तामोड ५ बसपार्क बस्ने ३५ वर्षीय ध्रुव श्रेष्ठ रहेका छन् ।