बिराटनगर । आइतबार बिहान ८ बजेर १३ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको छ । भारतको नेसनल सेन्टर फर सिस्मोलोजीका अनुसार खोटाङको हलेसी आसपास केन्द्रविन्दु बनाएर ६ म्याग्नेच्युडको भूकम्प भूकम्पको धक्का गएको हो ।
काठमाडौंलगायत देशैभरका विभिन्न स्थान धरान, बिराटनगर, बिर्तामोडमा भूकम्पको धक्का महसुस गरिएको छ । गत साउन ९ गते सिन्धुपाल्चोकको हेलम्बु फुट ट्रेल नजिकै ६ बजेर ७ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको थियो । विज्ञहरूका अनुसार ०७२ सालकै विनाशकारी भूकम्पका पराकम्प जाँदा बारम्बार स–साना भूकम्प मापन भइरने केन्द्रले जनाएको छ ।


 
         
         
         
         
         
         
         
         
  		  
  		  
  		  
                                       										 
  		  
  		  
   		 
         
                   
  		  
  		  
  		  
  		  
  		 

