फिदिम । दोस्रो स्थानिय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधि तथा निवर्तमान जनप्रतिनिधिहरुलाइ आज फिदिम नगरपालिकाले एक समारोह बिच स्वागत तथा बिदाइ कार्यक्रम सम्पन्न गरेको छ । ७ गाउँपालिका र १ मात्र नगरपालिका रहेको पाँचथर जिल्लाको सदरमुकाम फिदिम नगरपालिका हो ।
१ नम्बर प्रदेश सांसद सीता थेबेको प्रमुख आतिथ्यतामा सम्पन्न उत्त कार्यक्रममा पहिलो स्थानिय तह २०७४ सालको निर्वाचनमा निर्वाचित मेयर,उपमेयर,१४ वाडका वडाध्यक्ष तथा सदस्यहरुलाई बिदाई तथा नव निर्वाचित मेयर उपमेयर वाडध्यक्षलाई स्वागत गरिएको हो ।


        
        
        
        
        
        
        
        
        
  		 
  		 
  		 
                                       										
   		
         
                  
  		 
  		 
  		 
  		 
  		 

