पाँचथर । पाँचौं झापा गोल्डकपको उद्घाटन खेलमा ‘ए’ टिभिजन क्लब जावलाखेल युथ क्लबलाई ट्राइबेकरमा हराउदै अर्को ‘ए’ डिभिजन क्लब सातदोवाटो युथ क्लबले वीजयी सूरुवात गरेको छ ।
निर्धारीत समयमा २-२ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा गएको थियो । सातदोबाटोले टाइब्रेकरमा ४-२ को जित दर्ता गर्यो । सातदोबाटोको जितमा गोलरक्षक अबिशेक बराल नायक रहे । बरालले विपक्षीका एउटा प्रहार बचाए ।
टाइब्रेकरमा सातदोबाटोका आकाश बुढामगर,प्रसान्त अवस्थि,मानबहादुर तामाङ र फ्लोनले गोल गरे । जावलाखेलको लागी लागी भने जुनियर र सुरजजियु ठकुरीले मात्र गर्ने सके । राजेन्द्र रावलको प्रहार सातदोबाटोका किपर अबिशेक बराले रोके । जावला खेलको एक प्रहार पोष्ट बाहीर गएको थियो ।
बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा भएको खेलमा सातदोबाटोले खेलको ३ मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । खेलको तेस्रो मिनेटमै सातदोबाटोका अजय मार्टिसले गोल गर्दै सातदोबाटोलाई अग्रता दिलाएका थिए । मार्टिसले सुदिप गुरुङको पासमा गोल गरेका थिए ।
तर, सात दोवाटोको अग्रता लामो टिकन सकेन । ११ औं मिनेटमा जावलाखेल युथ क्लबले खेल बराबरी गर्न सफल भयो । उसका लागि जुनियरले गोल गर्न सफल भए । उनले दाँया साइटबाट आएको बलमा गोल गर्दै टिमलाई खेलमा फर्काए ।
खेलको ३३ औं मिनेटमा फेरी जुनियरलेनै गोल गर्दै जावलाखेललाई अग्रता दिलाए । खेलको ४७ औं मिनेटमा सातदोबाटोका आशिष राईले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । जावलाखेलका गोल रक्षक इश्बर गुरुङ विट भएको अवस्थामा राईले गोल गरेका थिए ।
त्यसपछि पनि दुबै टिमले केहि राम्रा मुभ बनाएपनि गोल भने गर्न सकेनन् । जसका कारण पहिलो खेल २ -२ गोलमा सकियो र ट्रइबेकर सम्म पुग्यो ।
आजबाट सुरु हुने झापा गोल्डकपमा झापा-११सहित ‘ए’ डिभिजन क्लब नेपाल पुलिस, त्रिभुवन आर्मी, सशस्त्र प्रहरीको एपीएफ, थ्री स्टार, संकटा, सातदोबाटो र जावलाखेल युथ क्लब सहभागी छन् । भारतीय टिम एम एफसी दार्जीलिङ र आरपी एफसी सिक्किमले पनि पाँचौं संस्करणको झापा गोल्डकप खेल्ने छन् ।
गोल्डकपको विजेता टिमले नगद १२ लाख ५५ हजार र उपबिजेताले नगद ६ लाख पाँच हजार रुपैयाँ पाउँनेछन् । पाँचौं संस्करणको झापा गोल्डकपमा प्रत्येक खेलको म्यान अफ द म्याचले नगद ९ हजार ९ सय ९९ रुपैयाँ पाउनेछन् ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले एक थान मोटरसाइकल पाउने आयोजकले बताएका छन् । प्रतियोगिताका उदीयमान खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकले २१ हजार रुपैयाँ पुरस्कार पाउनेछन्
उच्च गोलकर्तालाई नगद २५ हजार प्राप्त गर्ने छ ।
झापा गोल्डकपमा आइतवार हुने खेल
नेपाल पुलिर र संकटा क्लब काठमाण्डौं