पाँचथर – पाँचथरको उत्तरी याङवरक गाँउपालीकामा निशान कालिका धाम तथा याङवरक पोखरी संरक्षण योजनाको शिलान्यास भएको छ । ६ करोड ४४ लाख २४ हजार रुपैँया बजेटमा विभिन्न संरचना निर्माण गर्ने गरि ठेक्का लगाईएको उक्त योजनाको प्रतिनिधि सभा सदस्य तथा पूर्व पर्यटन मन्त्री योगेश भटर्राईले शिलान्यास गरे ।
संघिय सरकारको सस्कृति, पर्यटन तथा नागरिक उड्यन र याङवर गाँउपालीकाको लागत साझेदारीमा पर्यटकिय पूर्वाधार विकासका लागि काम अघि बढाईएको छ । याङवरक पोखरी, निशान प्रर्दशन हुने उक्त क्षेत्र पर्यटकिय गन्तव्य बनाउन सकिने उपयुक्त थलोको रुपमा रहेको छ । ग्रामिण जनजीवन रहेको यो क्षेत्रमा गाँउपालीकाको प्रशासकिय भवन समेत निर्र्माण हुदै छ । पर्यटकिय पूर्वाधार निर्माण भएपछि यहाँँ चहलपहल अझै बढ्ने अपेक्षा छ ।
एतिहासिक महत्व बोकेको यो क्षेत्रमा पूर्वाधार निर्माण भईसकेपछि महत्पूर्ण पर्यटकिय गन्तव्य बन्ने भटराईको भनाई रहेको छ । ‘यो ठाँउमा मौलो पुँजा गर्ने, निशान पुँजा गर्ने कुराबाट परिचित नै थियौँ’ भटराईले भने ‘यो ऐतिहासिक र पुरातात्वीक महत्वको ठाँउ भएकाले यस्ता ठाँउलाई संरक्षण, विकास गर्नु पर्छ भन्ने हामि सबैको चाहाना हो ।’
पोखरी संरक्षण सहित विभिन्न पूर्वाधार निर्माण गर्ने गरी ठेक्का लगाइएको छ । २०८१ असोजसम्ममा काम सक्ने गरी ठेक्का लगाईएको छ । पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रम अन्तर्गत पूर्वाधार विकासका कामा अघि बढाइएको छ । पोखरी निर्माण, परम्परागत धारा निर्माण, सेड घर, जमिन विकास कार्य लागयतका विभिन्न काम गर्ने गरि ठेक्का लगाईएको छ । बाल उद्यान विश्राम स्थल, मूर्तीहरु, माछा पोखरी र धाराहरु, विश्राम तथा सेल्फी खिच्ने ठाउँ, स्थानीय संस्कृति, परम्परा तथा जनजीवन झल्कने मुर्तीहरु, फूलवारी नागको मुर्ती, मुख्य प्रवेशद्वार, याङवरक स्तम्भ लगायतका संचरना निर्माण हुने बताइएकाे छ ।
साझेदारीमा अघि बढाईएको योजना सम्पन्न भएपछि यो क्षेत्र थप व्यवस्थीत भई आन्तरीक पर्यटकको महत्पूर्ण गन्तव्य बन्ने अपेक्षा गरिएको गाँउपालीका अध्यक्ष लेखनाथ घिमिरे बताए ।
यो स्थानमा हरेक बर्ष दसैँको अष्टमी, नवमीमा यहाँ निशान प्रर्दशन, पुँजा, बलि हान्ने तथा विशाल मेला लाग्ने गर्छ । यहाँ नेपाल एकिकरणको क्रममा भएको सम्झौतामा निशान प्रदान गरिएको श्री कम्फू, श्री जंगी निशान तथा माङधमा संरक्षण समितिकका सचिव महेन्द्र सेलिङले बताए । यस्तै यहाँरहेको याङवरक पोखरीको निक्कै महत्वपूर्ण रहेकाे उनकाे भनार्इ छ ।