काठमाडौं । तेह्रथुम पावर कम्पनीले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ ।उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा रू.१ करोड ७१ लाख नाफा कमाएको हो । गत आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. २ करोड ७९ लाख नोक्सानीमा थियो ।
चालू आवको दोस्रो त्रैमासमा कम्पनीको विद्युत् विक्री आम्दानीमा वृद्धि भएकाले नाफामा सुधार आएको हो । गत आवको दोस्रो त्रैमासमा कम्पनीले रू. ४ करोड २ लाख विद्युत् विक्री आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ८ करोड ६४ लाख पुगेको हो । त्यसैगरी, नाफामा सुधार आएसँगै प्रतिशेयर आम्दानी पनि गत आवको दोस्रो त्रैमासमा रू. २० ऋणात्मक रहेकोमा चालू आवको सोही अवधिमा सुधारिएर रू. ९ धनात्मक भएको छ ।
कम्पनीको चुक्तापूँजी रू. ४० करोड रहेको छ । त्यसैगरी कम्पनीको मूल्य आम्दानी अनुपात ६० गुणा र प्रतिशेयर नेटवर्थ रू. ८० रहेको छ ।