पाँचथर । फिदिम नगरपालिका -२ तालखर्ककाे ठाडे खाेल्सा भन्ने ठाउँमा आइतबार बिहान एक महिलाको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माका अनुसार फिदिम १ चारखम्बे बस्ने फत्त बहादुर तामाङकी ६८ वर्षीया श्रीमती सुसिला तामाङको शव फेला परेको हाे।
मृतक सुसिला माघ ११ गते देखि हराइ रहेको बताइएको छ । ११ गते देखिनै उनका आफन्तहरुले उनको खोजी कार्य गरीरहेको बताइएको छ । उनको मृत्यु कसरी भयो भन्ने विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । उनको शवलाई पोष्टमार्टमको लागी पाँचथर अस्पतालको शवघरमा राखिएकाे प्रहरीले जानकारी दिएकाे छ ।