रबि । मिक्लाजुङमा जारी पाँचथर “ए” डिभिजन लिग फुटबल प्रतियोगितामाको बिजेता बन्नकाे लागी रबिको राइजिङ स्टार क्लब र इम्बुङको टु स्टार क्लब भिड्ने भएका छन् ।
११ वटा क्लबको सहभागीता रहेको प्रतियोगितामा सहभागी क्लबहरुलाई २ समुहमा बिभाजन गरी खेलाइएको थियो । समुह “क” को बिजेता टुस्टार र समुह “ख” को समुह बिजेता राइजिङ स्टार बिच लिग च्याम्पीनको लागी प्रतिस्पर्धा हुने पाँचथर फुटबल संघका प्रशिक्षक पासाङ तामाङ केन्जो खबरलाई जानकारी दिए । फाइनल खेल भाेली दिउसाे १२ बजे रबि स्थित दुर्गा माध्यमिक बिद्यालयकाे मैदानमा हुने बताइएकाे छ ।
समुह “क” को बिजेता टुस्टार ७ अंक जोड्दै समुह बिजेता बनेर फाइनल प्रबेश गरेको थियो । समुह “ख” को समुह बिजेता राइजिङ स्टारले पाँचवटै खेलमा सत प्रतिशत नजिजा निकाल्दै १५ अंकका साथ समुह बिजेता बनेको थियो ।