पाँचथर– ३०० अाैँ पृथ्वी जयन्तीको अवसरमा पाँचथरको फिदिममा रहेको नेपाली सेनाको रणसेर गणले विद्यालय स्तरीय वतृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।
पृथ्वीनारायण शाहाको एकिकरण अभियान र राष्ट्रिय एकता शिर्षकमा प्रतियोगिता भएको प्रतियोगितमा पाँच विद्यालयका १० विद्यार्थी सहभागि भएका थिए ।
प्रतियोगितामा फिदिम माविकि समिक्षा न्यौपाने प्रथम भएकी छन् । यस्तै, गडि माविकी रोसनी राना द्धितिय र गडी माविकै पेम्बा शेर्पा तृतिय भए । शेर्पा दृष्ट्रि विहिन समेत हुन ।
प्रथमले तीन हजार रुपैँया नगद, स्टेशनरी प्राप्त गरे भने द्धितियले ३ हजार र तृतियले २ हजारले रुपैँया पुरस्कार प्राप्त गरे । प्रमुख जिल्ला अधिकारी शुरेस न्यौपानले पुरस्कार वितरण गरेका थिए । कार्यक्रमको औचित्यबारे गणपति सुरज राउतले प्रकाश पारेका थिए । प्रतियोगिताम सहभागि विद्यार्थी, सम्बन्धीत विद्यालयका शिक्षक, प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरीका डिएसपि राकेश थापा, शसस्त्र प्रहरीका डिएसपि किसोर श्रेष्ठ लगायतको उपस्थीति थियो ।