रानिटार । रानिटारमा जारि प्रथम तमुल्हाेसार एक नम्बर प्रदेश स्तरिय महिला गाेल्डकपमा आयाेजक रानिटार युनाइटेड क्लब र धनकुटाकाे द सेभेन युथ क्लबले बिजयी सुरूवात गरेका छन् ।
आाज भएकाे उद्घघाटन खेलमा आयाेजक रानिटार युनाइटेडले तेह्रथुमकाे अाठराईगाउँपालिका लाई ४-० ले हराउदै सेमिफाइनल प्रबेश गरेकाे छ । आयाेजककाे जितमा मन्द्रिरा तुम्राेकले ह्यट्रिक गरिन । एक गाेल शान्ति फागाेकाे नाममा रह्याे । खेल सुरू भए देखिनै दवाब झेलेकाे आठराई खेल भरि केहि माैका पाए पनि गाेल गर्न सकेन । खेलमा ह्याट्रिक गरेकि मन्द्रिरा प्लेयर अफ द म्याच बनिन ।
आजै भएकाे दाेश्राे खेलमा पथरि शनिश्चरे हुमेन्स फुटबल क्लब माेरङ लाई ट्राईबेकरमा हराउदै द सेभेन युथ क्लब धनकुटा पनि सेमिफाईनल पुगेकाे छ फ निर्धारित समयमा १-१ काे बराबरि भए पछि खेल ट्राइबेकरमा पुगेकाे थियाे । ट्राइबेकरमा धनकुटाले ४-३ गाेलले माेरङलाई हराउदै अधिल्लाे चरण पुगेकाे हाे ।
प्रतियाेगितामा प्रदेश नम्बर एकका ८ टिमकाे सहभागिता रहेकाे प्रतियाेगितामा सेभेन युथ क्लब धनकुटा,धरान युथ क्लब ,कन्काई नगरपालिका झापा,कर्णसिं स्मृति क्लब ताप्लेजुङ,पथरि शनिश्चरे हुमेन्स फुटबल क्लब माेरङ,जनता सेभेन क्लब ईलाम,अाठराई गाउँपालिका तेह्रथुम,र अायाेजक रानिटार युनाईटेड क्लबकाे सहभागिता रहने अायाेजकले जानकारि दिए ।
तमु ल्हाेसारकाे अवसरमा अायाेजना हुने प्रतियाेगिता पाैष १२ गते देखि १५ गते सम्म सञ्चालन हुने अायाेजकले जानकारि दिए । बराजु रङशाला रानिटारमा सञ्चालन हुने प्रतियाेगिताका विजेताले ५० हजार र उपबिजेताले ३० हजार प्राप्त गर्ने अायाेजकले जानकारि दिए ।
भाेलि हुने खेल
कनकाई नगरपालिका झापा र जनता सेभेन फुटबल क्लब ताप्लेजुङ
दिउसाे १२:३० बजे
कर्ण सि साेनाम स्मृति क्लब ताप्लेजुङ र बिर्तामाेड फुटबल क्लब झापा
दिउसाे २:३० बजे