पाँचथर । स्थानिय अर्गानिक कृषि उत्पादनलाई बजार सम्म ल्याउनको लागि जातो अर्गानिक नामक संस्थाले प्रशोधन र प्याकेजिङ गर्ने भएको छ । बढ्दो प्रबिधिको आधुनिकिकरण संगै देशैभरी रासायनिक पदार्थ मिश्रीत खाद्य बस्तुले आम व्यक्तिको स्वास्थयमा असर परिरहेको भन्दै यस्तो थालनी गरेको संचालकले बताएका छन् ।
बिहिबार पत्रकार सम्मेलन गर्दै अर्गानिक उत्पादनको बिक्रीवितरण गर्न लागेको जानकारी गराएका हुन् । किसानहरुबाट कृषि उत्पादन किनेर प्याकेजिङ ब्रान्डिन तथा बिक्रीवितरण गर्न लागेको जानकारी दिए ।
जातो अर्गानिक को उत्पादन पुस १० गतेबाट बजारमा उपलब्ध हुने जानकारी गराएका हुन् । सुरुवाती बजार पाँचथरको फिदिम, इलाम, झापा, मोरङ रहने जानकारी गराएका छन् । यो व्यवसायका संचालक युवा संचारकर्मी भवाना लिङ्देन र दिपक ढुंगाना रहेका छन् ।