काठमाण्डाै ।नेपाली कांग्रेसको नयाँ केन्द्रीय नेतृत्व चुन्न आज (सोमबार) चुनाव हुँदै छ। कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार आज बिहान ८ बजे मतदान सुरु हुनेछ भने साँझ ५ बजेसम्म जारी रहनेछ। जसमा ४ हजार ७ सय ४३ मतदाता सहभागी हुँदै छन्।सभापतिदेखि केन्द्रीय सदस्यसम्म १३४ पदका लागि ४९१ जना चुनावी मैदानमा छन्। निर्वाचनबाट १ सभापति, २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्री र अन्य केन्द्रीय सदस्य गरी जम्मा १३४ जना कांग्रेस केन्द्रीय समितिमा पुग्नेछन्।
सदस्यतर्फ खुलामा ३५ जना, महिला ९ जना, हरेक प्रदेशबाट एक महिलासहित ३ जना, दलित ४ महिलासहित ९ जना, आदिवासी जनजाति ७ महिलासहित १५ जना, खस आर्य ६ महिलासहित १३ जना, मधेसी ४ महिलासहित ९ जना, थारु २ महिलासहित ४ जना, मुस्लिम १ महिलासहित ३ जना, पिछडिएको क्षेत्र १, अल्पसंख्यक १, अपांगता भएका १ जना चुनिने छन्।
सभापति पदका लागि ५, उपसभापतिमा ७, महामन्त्रीमा ६ जनाको उमेदवारी परेको छ।तर प्रदेश २ बाट केन्द्रीय सदस्यका २ काेटामा भने २ जनाकाे मात्र उम्मेदवारी परेकाले उनीहरु निर्विराेध हुनेछन्।
एक जना कोषाध्यक्षसहित ३३ जना केन्द्रीय सदस्य पछि मनोनीत गर्ने व्यवस्था छ।