पाँचथर– नेकपा (एमाले)को प्रथम नगर अधिवेशन जलकुमार तामाङलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गर्दै सम्पन्न भएको छ । जलकुमारको नेतृत्वमा ७५ सदसिय नगरकमीटि चयन भएको हो ।
बुधवार राती सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा हेमबहादुर फागो, सचिव दिपेन्द्र तुम्बापो, उप–सचिवमा दिपेन्द्र थापा र सुमन चापागाई निर्वाचित भएका छन् ।
निर्वाचितलाई केन्द्रीय सदस्य तथा जिल्ला सह–इन्चार्ज अईन्द्र सुन्दर नेम्बाङले सफथ ग्रहण गराएका थिए ।
अधिवेशनको एमाले संसदिय दलका उपनेता सुभाषचन्द्र नेम्बाङले उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा बोल्दै नेता नेम्बाङले यो सरकार दुषित गठबन्धनबाट बनेको बताएका थिए । नेम्बाङले उच्चस्तरीय राजनीति समिति असंवैधानी भएको बताएका थिए ।
उद्घाटन समारोहलाई केन्द्रीय सदस्य अईन्द्रसुन्दर नेम्बाङ, जिल्ला अध्यक्ष राजकुमार भण्डारी, प्रतिनिधि सभा सासंद बसन्तकुमार नेम्बाङ, प्रदेश सासद आशारत्न जवेगु, पूर्वमन्त्री श्रीप्रसाद जवेगु लगायतले सम्बोधन गरेका थिए ।