अनिल अधिकारी
रानिटार । रानिटारमा जारी दिपावली गोल्डकपमा राष्ट्रिय युवा संघ पाँचथर र रानिटार युनाईटेडले सेमिफाईनल प्रबेश गरेका छन् ।
समूह ए मा रहेको रानिटार युनाईटेडले शुक्रबार असिने फुटबल क्लवलाई ४-० गोलले पराजित गर्दै सेमी फाइनल प्रबेश गरेको हो । रानिटार युनाइटेडले सेमीफाइनलमा राष्ट्रिय युवा संघ सँग प्रतिस्पर्धा गर्ने भएको छ । समूह चरणका दुई खेल खेलेको युवा संघ क्वाटर फाईनलमा पास पाएर एक अगावै सेमि फाईनल पुगिसकेको छ ।
यस अघि क्वाटर फाईनल प्रवेशका लागि रानिटार युनाईटेडले तमाखे एफ. सि सँगको खेलमा शुक्रबार ३-० गोलको जित निकालेको थियो भने क्वाटरफाईनल खेलका लागि असिने एफ सि ले पास पाएको थियो । यता समूह बि बाट सेमिफाईनल खेलका लागि न्यु पाथिभरा स्पोर्टिङ क्लव चोकमागुले आफ्नो स्थान सुरक्षित गरेको छ भने तमाखे फुटबल क्लव ’बि’ र रानिटार ११ बिचको बिजेताले न्यु पाथिभराको स्पोर्टिङको सामना गर्नुपर्ने छ ।
सेमिफाईनल प्रवेशका लागि शुक्रवार न्यु पाथिभरा स्पोर्टिङ क्लबले मिर्मिरे फुटबल क्लव सिलौटिलाई पेनाल्टी सुटआउट मार्फत पराजित गरेको थियो। निर्धारित समयमा एक एकको बराबरी भएपछी खेलको निणर्य पेनाल्टी मार्फत गरिएको हो। पेनाल्टिमा मिर्मिरे फुटबल क्लव सिलौटीले ४ का बिरुद्ध २ गोल गरेको थियो ।
यता समूह चरणमा पास पाएर सिधै रानिटार ११ सँग क्वाटर फाईनल खेल खेलेको तमाखे फुटबल क्लव ’बि’ ले पहिलो हाफमा १ शुन्यको अग्रता कायम गरेको छ ।धादिङ साङसोलिङलाई एक शुन्य गोल अन्तरले पराजित गर्दै क्वाटर फाईनल भिडन्त पक्का गरेको रानिटार सँग उत्कृष्ट खेल प्रदर्शन गरेको तमाखेले दर्शकको राम्रो साथ पाएको थियो । समय अभावले बाँकी खेल शनिवारका लागि सारिएपछि यो भिडन्त थप रोचक हुने अनुमान गरिएको छ । तमाखे र रानिटार ११ बिचको बिजेता टोलि र न्यु पाथिभरा बिचको सेमिफाईनल भिडन्त आज हुनेछ ।
कार्तिक २१ गते हुने फाईनल खेलमा बिजयी टिमले नगद ५० हजार सहित मेडल र प्रमाणपत्र तथा उपबिजेता टिमले २५ हजार नगद सहित ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।