इलाम । इलामको देउमाइ नगरपालिका २ महबिरका चन्द्रप्रसाद पौडेलको घरमा बिहिबार साँझ आगलागी हुँदा ६१ लाख बढी रुपियाँको क्षति भएको अनुमान गरिएको छ ।
बिद्युत सट भई आगलागि हुँदा ढुंगा, माटो, काठ र टिनले बनेको दुई तले घरसहित नगद र सरसामान जलेर नष्ट हुँदा ६१ लाख ५ हजार ५ सय बराबरको क्षति भएको पीडितले जनाउनुभएको हो । आगलागी हुँदा घरभित्र भएको किराना पसल, दुध डेरीसहित नगद, सुन चाँदी खाद्यान्न र लत्ताकपडा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । प्रहरी र स्थानीयले राती ९ बजे आगो नियन्त्रणमा लिएका थिए ।
आगलागिबाट नगद ५ लाख, सुुन १० तोलाको ९ लाख २० हजार, चामल ३० बोरा ७५ हजार, गाईले खाने बराइन २५ बोरा ५५ हजार ५ सय, चामलको कनिका ८ बोरा १७ हजार ६ सय, मकैको च्याख्ला १० बोरा २० हजार, गंहु ६ बोरा ६ हजार ६ सय, खानेतेल १५ कार्टुन ३७ हजार ५ सय , अलैची ५ मन २ लाख २५ हजार , चिनी ८० केजी ८ हजार ८ सय, मैदा २ बोरा ७ हजार, चांदी १ तोला १६ हजार ५ सय, डेरीको समान १ लाख २० हजार जलेर नष्ट भएको बताइएको छ ।
त्यस्तै, घ्यु ५५ केजि ३३ हजार, ओढ्ने ओछ्याउने ३ लाख, भाँडा बर्तन २ लाख ५० हजार, एलइडी टीभि २६ हजार र घरको मुल्य ३० लाखको क्षती भएको प्रहरीले जानकारी दिएको छ । तिहारको समयमा जिल्लामा बर्सेनी आगलागिका घटना हुनेगरेका छन । बिद्युत सट भई अधिकांश ठाउँमा आगलागी हुने गरेको पाइएको छ ।