अनिल अधिकारी
पाँचथर । रानिटारमा आयोजित खुला नकआउट फुटबल प्रतियोगिता ‘दिपावली गोल्डकप’ मा आज दोश्रो चरण अन्तर्गतका दुई खेल सम्पन्न भएका छन् ।
प्रतियोगिताको आजको पहिलो खेलमा असिने फुटबल क्लवले शुन्यका विरुद्ध १ गोल गर्दै जागरण स्पोर्टिङ क्लव नाँङलपालाई पराजित गरेको छ भने दोश्रो खेलमा राष्ट्रिय युवा संघ पाँचथरले जल्पा जलेश्वरी क्लव लालिखर्कलाई शुन्यका विरुद्ध दुई गोलले पाखा लगाउदै क्वाटरफाईनलको यात्रा तय गरेको छ ।
युवा संघका लागि पहिलो हाफमा मनोज गुरुङले गोल गर्दै १-० को अग्रता दिलाएपछी दबाबपुर्ण खेल खेलेको जल्पा जलेश्वरी दोश्रो हाफमा केही समालिएको भए पनि गोल गर्न बाट भने चुकेको थियो । दोश्रो हाफमा युवा संघ संघका खेलाडीले अग्रता दोब्बर गर्दै २ शुन्यको सहज जित निकालेपछि जल्पा जलेश्वरीको यात्रा टुङ्गिएको छ भने जागरण स्पोर्टिङलाई १ शुन्य गोल अन्तरले पराजित गरेको असिने फुटबल क्लबले अघिल्लो चरणमा आफ्नो स्थान सुरक्षित गरेको छ ।
प्रतियोगिता अन्तर्गत भोलि हुने पहिलो खेलमा मिर्मिरे फुट्बल क्लव र न्यु पाथिभरा स्पोर्टिङ क्लब आमने सामुने हुनेछन् भने दोश्रो खेलमा तमाखे फुटबल क्लबले रानिटार युनाईटेडको सामना गर्नेछ । यस्तै धादिङ साङ्सोलिङ क्लब बिरुद्ध रानिटार ११ मैदानमा उत्रने छ ।
रानिटार ग्रीन भ्याली युनाईटेड र त्रीवेणी युवा क्लबको संयुक्त आयोजनामा शुरु भएको प्रतियोगितामा १९ गते बाट सेमिफाईनल चरणका खेल हुनेछन् ।
कार्तिक २१ गते हुने फाईनल खेलमा बिजयी टिमले नगद ५० हजार सहित मेडल र प्रमाणपत्र तथा उपबिजेता टिमले २५ हजार नगद सहित ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।