पाँचथर । पाँचथर गत कार्तिक पहिलो साताबाट शोकमा परेको छ । कार्तिक १,२,३ लगातार परेको वर्षाको कारण पाँचथरको बिभिन्न स्थानमा पहिरो जाँदा ३१ जनाले ज्यान गुमाएका छन् । पहिरोको कारण ३ जना बेपता रहेका छन् । उनिहरुको तालीम प्राप्त कुकुरको सहयोगमा खोजी भइरहेका प्रहरीले बताएको छ ।
पाँचथरमा पहिरोले सबै भन्दा धेरै जनधनको क्षति मिक्लाजुङ गाउँपालिकामा भयो । मिक्लाजुङ गाउँपालिकामा पहिरोबाट ज्याज गुमाउनेको संख्या २२ रहेको छ । मिक्लाजुङ मा बेपता रहेको संख्या ३ हो । उनिहरुको खोजी भइरहेको छ । पहिरोबाट मिक्लाजुङमा २२ जना, फिदिम नगरपालिकामा ४ जना, फाल्गुनन्द गाउँपालिकामा ४ जना, कुम्मायक गाउँपालिकामा १ जना गरी पाँचथरमा ३१ जनाको ज्यान गएको हो ।
पाँचथरमा पहिरो र बाढीको कारण कति क्षति भयो यसको एकिन बिबरण आएको छैन् ।
पाँचथरका बिभिन्न खोलाहरुमा बाढी आउदाँ यहाँ लगाइएको लगाइएको धानबालीमा क्षति गरेको छ । खेतहरु बगर भएका छन् । यहाँ लगाइएको धान खेतीमा कति क्षति भयो यसको बिबरण आउन बाँकी नै छ । पाँचथरका बिभिन्न स्थानका लधुजल बिद्युत आयोजनहरु बगायो, कति झोलुङगे पु्ल र किसानहरुको पशु चौपाय बगायो यसको बिबरण आउन अझ केहि दिन लाग्ने देखिन्छ ।
पहिरोको पिडा भुल्न नपाउदै पाँचथरमा गएको सोमबार ६४ जना सवार बस दुर्घटना भयो । बसमा सवार रहेका ४ जनाको मृत्यु भयो ।मुत्यु हुनेमा प्रमिला देवान,निश्चल देवान ,प्रज्जवल मगर र आशिका बुढाथोकी मगर रहेका छन् । घाईते ६१ जनाको बिभिनन अस्पतातहरुमा उपचार भइरहेको छ । घाइते मध्ये २८ जनालाई एम्बुलेन्स मार्फत सुविधा सम्पन्न अस्पतालमा पठाइएको थियो । १६ जनालाई हेलीकप्टर मर्फत बिराटनगरमा उपचारको लागी पठाइएको थियो ।