पाँचथर । झापाको चारआलीदेखि ताप्लेजुङको सुकेटारसम्म जोड्ने मेची राजमार्ग पहिरोका कारण अबरुद्ध रहेको ताप्लेजुङ-पाँचथर खण्ड सञ्चालनमा आएको छ । मंगलबार दिउँसोदेखि सञ्चालनमा आउन नसकेको राजमर्ग खुलाउने बुधबार सबेरैबाट खुलाउने प्रयास गरीएको थियो ।
राँकेदेखि फिदिम खण्ड बुधबार राती अवेरसम्म खुलाउनका लागि प्रयास भएको थियो । आजबाट ताप्लेजुङबाट पाँचथरको फिदिम देखि राँके सम्मको खण्ड सञ्चालनमा आएको पाँचथरका प्रमुख जिल्ला अधिकारी पुन्य प्रसाद ढकालले जानकारी दिए ।
राँके फिदिम खण्ड खुलाउनका लागि चारवटा स्र्काइब्रेट, नेपाली सेना, शसस्त्र प्रहरी खटीएको थियो । अहिले बाटो सञ्चालनमा आइसकेको छ ।
पाँचथर देखि इलामको रक्से सम्म्मको सडकमा भएको अबरोध खुलाउने प्रयास भइरहेको इलामका एसपी महेन्द्रकुमार श्रेष्ठले बताए । आज बेलुकासम्मका सडक सञ्चालनमा आउने उनको भनाई छ । उक्त अबरोध हटे मेची राजमार्ग पूणर् रुपमा सञ्चालनमा आउँछ ।
इलामको मंगलबारेदेखि नेपालटारसम्मको सडकखण्ड एकतर्फी सञ्चालनमा आएको इलाम प्रहरीले जनाएको छ ।
बाटो अबरोध हुँदा मंगलावर रातीदेखिनै यात्रुहरु बिचबाटोमा रोकिएका हुन् । यसका साथै तमोर करिडरम, मध्यपहाडी लोकमार्गका विभिन्न सडक अवरुद्ध छन् ।
ठाँउ ठाँउमा पहिरो झरेर सडक अवरुद्ध भएपछि दसैँ मान्न आफन्तमा गएका तथा फर्किदै गरेकाहरु बाटोमा अलपत्र भएका थिए । ताप्लेजुङमा रहेकी प्रसिद्ध पाथिभरा देविको दर्शन गर्न हिडेका र फर्किएकाहरु हेवाँ खोला र फिदिम लालीखर्कमा बसिरहेका थिए ।
पाँचथर सदरमुकाम फिदिम, ताप्लेजुङ सदरमुकाम फुङ्लीङ जोड्ने मुख्य सडकको रुपमा मेची राजमार्ग रहेको छ । बैकल्पीक सडक भहुदाँ समस्या भएको हो ।