पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिकाको चिसापानी पञ्चमीमा पहिरोले घाईते भएकाको उपचार गर्न गएका दुई स्वास्थ्यकर्मी बेपत्ता भएका छन् ।
स्वास्थ्यकर्मी बाटोबाट सम्पर्क विहिन भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी इक्पेक्टर डम्बर विश्वकर्माले जानकारी दिए ।
इलामको माङसेबुङबाट आएका सुमन राई र ठाकुर प्रसाद याख्खा सम्पर्क विहिन भएको बिश्वकर्माले बताए ।
चिसापानी बजारमा पहिरो जादा ११ जनाको मृत्यु भएको थियो ।आठ जना घाइते भएका छन् । एकजना लाई हेलिकप्टर बाट उद्वार गरीएको बताइएको छ ।
जिल्लामा पहिरोका कारण २७ जनाको मृत्यु भएको छ । टेलिफोन सेवा अवरुद्ध हुँदा क्षतिको यकिन विवरण आउन सकिरहेको छैन् ।